६ वैशाख २०८१ बिहीबार
राजनीति

आरोप प्रमाणित गर्न जिसस प्रमुखको चुनौती

ओखलढुंगा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले राहत वितरणमा अनियमतिता गरेको भनी आफूमाथि लगाएको आरोप प्रमाणित गर्न जिल्ला समन्वय समितीका सभापति जयबहादुर श्रेष्ठले चुनौती दिएका छन्।  भूकम्पको राहत सामाग्री र तार जाली जिल्ला समन्वय समितिले जथाभावी आफूखुसी वितरण गरेको भन्ने नेकपाको आरोपको खण्डन गदर्ले उनले सो कुरा बताएका हुन्।

बुधकार कार्य कक्षमा पत्रकार सम्मेलन गरी अनियमित ढंगले समन्वय समितीले आफूखुसी राहत सामग्री वितरण गरी अनियमितता गरेको भनी प्रदेश सांसद तथा नेकपा जिल्ला अध्यक्ष मोहन खड्काले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीका विषमाय ध्यानकर्षण भएको बताए।

२०७४ साल माघ ११ गतेको जिल्ला दैवी प्रकोप उद्दार समितिको निर्णय र सोहीअनुसार जिल्ला प्रशासन कार्यालयको चलानी नम्बर ११२३ को पत्र अनुसार जिससले निर्णय गरेर राहत सामग्री वितरण गरेको श्रेष्ठको दाबी छ।  ‘जिसस मातहतका त्रिपाल र कम्बल बाँड्नु भनेर डिडिआरसीको निर्णयअनुसार प्रशासनले पत्र पठायो।  त्यही पत्रका आधारमा हामीले सबै नगरपालिका र गाउँपालिकामा समानुपातिक हिसाबले सामान पठाएका छौं। ’ प्रमुख श्रेष्ठले भने, ‘केही व्यक्तिलाई पनि दिएका छौं।  तर दिइएका सामान सदुपयोग भए÷नभएको विषयमा अब अनुगमन हुन्छ। ’ जिससले दिएका तारजारी र राहत सामग्रीबारे जिससले आन्तरिक अनुगमन गरेर सार्वजनिक गर्ने प्रमुख श्रेष्ठले बताए।

आफूविरुद्ध मुद्दा परिसकेकाले निष्पक्ष छानबिन गर्न उनले मागसमेत गरेका छन्।  स्थानीय सडक सुधार तथा जीविकोपार्जन कार्यक्रम मातहतका तारजालीलगायतका सामग्रीबारेमा जानकारी नभएको जिससले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ श्रावण २०७६ ०१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App