पूर्वएमालेका कारण एकतामा ढिलाई, विप्लवलाई सम्झिरहेको छुः लेखराज भट्ट (भिडियाे)

बुधबार, २२ साउन २०७६, २१ : ४७ नागरिक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। 

नागरिक नेटवर्कको साप्ताहिक कार्यक्रम फ्रन्टलाइनमा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे। 

‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुन्थ्यो। साविकको एमालेमा मैले त्यो देखिन’, उनले भने, ‘केन्द्रीत नहुँदा समस्या आउँछ। त्यो समस्याले एकतालाई ढिला गरिरहेको छ तलैसम्म।’

‘साविक एमालेमा स्थायी प्यानल, नेतागत गुट छन्। कसको पर्यो भागमा, को कति पर्यो भन्ने छ। त्यसले एकतालाई तन्काएको हो कि?’ नेता भट्टले प्रश्न गरे। 

साविक माओवादीमा जतिसुकै विवाद भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुनेगरेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘यता (एमाले) केन्द्रीत भएको देख्दिन्। कसले के राख्ने अध्यक्षमा केन्द्रीत हुनुपर्ने हो, तर त्यसो भइरहेको छैन। त्यसले केही समस्या पैदा भएको छ। एकता प्रक्रियालाई पनि लम्ब्याएको छ।’

अहिले पार्टीमा साविक माओवादीले कति लिने, एमालेले कति लिने, को ले लिने भन्ने समस्या देखिएको र त्यो विवाद स्कुल विभागमा छताछुल्ल भएको बताउँदै भट्टले अगाडि भने, ‘स्कुल विभागमा प्रतिस्पर्धा भएको छ। को सक्षम छ, कसको आवश्यकता हो? छलफल र बहसबाट सामूहिक निर्णय लिनुपर्नेमा अलि तानातान भएको छ।’ 

नेता भट्टले स्कुलिङमात्र नभई अन्य विभागमा पनि कुरा नमिल्दा एकता लम्बिएको स्वीकार गरे। ‘तीन महिनामा मिल्ने भनेको एकता अहिले डेढ वर्षसम्म पनि पुरा भएन। किन भएन भनेर समीक्षा गर्नैपर्छ।’ नेता भट्टले आफूहरु हिजोको सिद्धान्त र व्यवहारमा नहिँडेको र बाटो विराएको पनि स्वीकार गरे। 

पार्टी एकताको काम नटुंगिँदा तथा सामूहिक निर्णय नहुँदा सरकारका निर्णयहरु विवादमा परेको उनको भनाई छ। 

‘विप्लवलाई सम्झिरहन्छु’

नेता भट्टले आफूले पूर्व सहयोद्धा नेत्रविक्रम चन्द विप्लवलाई अहिले पनि सम्झिरहने बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेतीमहाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ। अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’

‘कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्छ’

नेता भट्टले कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’

नेता भट्टले विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले नसके विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्ने माग गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, भट्टले भने।  







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad