coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

धितोपत्र बजार : नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडाैं– धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ। परिसूचक बढे पनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन।

आज कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर ३६ करोड ८६ लाख ४५ हजार ६६९ रुपैयाँमा खरिद बिक्री भए। स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ। विकास बैंक १.३२, जलविद्युत् २०.९५ अङ्कले ओरालो लाग्दा सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ। बैंकिङ २.९६, व्यापार ६.९५, होटल १९.४२, वित्त २.०५, निर्जीवन बीमा २२.०३, उत्पादन १०.३९, अन्य २.३२, लघुवित्त २२.५५ र जीवन बीमा उपसमूहको शेयर २६.०३ अङ्कले बढेको छ।

स्टकका अनुसार आज कृषि विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर चार करोड ४५ लाख ९७ हजार २६१ रुपैयाँमा खरिदबिक्री भयो। यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक  दुई करोड ३६ लाख ८१ हजार १४१ रुपैयाँ, नेपाल बैंक लिमिटेड एक करोड ९६ लाख १५ हजार ६४७ रुपैयाँ, प्रभु बैंकको एक करोड ६७ लाख २२ हजार १७४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ५४ लाख १४ हजार ६७१रुपैयाँ, स्ट्यार्डड चार्टर बैंकको एक करोड २८ लाख ६८ हजार ७४६ रुपैयाँ र शिवम् सिमेन्ट्सको शेयर एक करोड छ लाख ३३ हजार २५६ रुपैयाँको कारोवार भयो।

परिसूचक बढेपनि सान्जेन जलविद्युत् कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले गुमाए। त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी ९.८८, एनआइविएल प्रगति फण्ड ३.८२, अपी पावर कम्पनी ३.६७, नविल इक्विटी फण्ड २.८७ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले २.२३ प्रतिशतले गुमाए। नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.८८, स्पर्श लघुवित्त वित्तीय संस्था ८.१५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ७.४८, साल्ट टे«डिङ कर्पोरेशन ६.९० र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७१ प्रतिशतले कमाए। रासस

प्रकाशित: २२ श्रावण २०७६ ११:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App