८ वैशाख २०८१ शनिबार
समाज

सुत्केरी हुन नसक्दा मृत्यु

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका–१, करेलीकाँडाकी २२ वर्षीया रुपकुमारी बोहराको सुत्केरी हुन नसकेर मृत्यु भएको छ।

पेटमा बच्चा उल्टो बसेपछि जिल्लामा उपचार हुन नसकेर नेपालगन्ज पु-याइएको थियो। नेपालगन्जस्थित भेरी अस्पतालमा सुत्केरी गराउन खोज्दा पनि चिकित्सकहरुले उल्टो बच्चा भएकाले सुत्केरी गराउन सम्भव नभएकाले घर लैजान सुझाएका थिए।

‘चिकित्सकले बच्चा उल्टो छ सुत्केरी बेथाले पनि च्यापिसकेको छ सम्भव छैन’ भनेपछि प्लेनबाट डोल्पा पु-याइएकी बोहराको जुफाल विमानस्थलबाट त्रिपुराकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पति बालकृष्ण बोहराले बताए।

सुत्केरी हुन नसकेर मृत्यु भएकी बोहराको स्थानीय परम्पराअनुसार आजै दाहासंस्कार गरिएको छ।

प्रकाशित: २२ श्रावण २०७६ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App