८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरका विद्यार्थीले बनाए ब्याट्रीबिना बल्ने बत्ती

भक्तपुर– इन्जिनियरिंगका विद्यार्थीले बिना ब्याट्री बिजुली बत्ती बल्ने प्रविधिको विकास गर्न सफल भएका छन्। नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरका विद्यार्थीबिना ब्याट्री २२ दिनसम्म बिजुली चल्ने प्रविधिको विकास गर्न सफल भएका हुन्।

कलेजमा अध्ययनरत चौथौं वर्षका विद्यार्थी जजेन्द्र कासुला र विज्ञान घिमिरेलाई यस्तो सफलता मिलेको हो। पर्यवेक्षकहरु दीपेशप्रकाश गुरागाई र विजय श्रेष्ठको मार्गदर्शनमा रहेर यो उपकरणको विकास गर्न सफल भएका हुन्। वातावरणको उर्जालाई उपयोगमा ल्याई दिगो अनुसन्धान डेटा संकलन गर्ने उपकरण विकास उनीहरुले गरेका हुन्।

यस उपकारणले सौर्य उर्जालाई प्रयोगमा ल्याई उपकरण चलाउने व्यवस्था गरेका उनीहरुले गरेका छन्। सधैभरि एकनास नरहने सौर्य उर्जालाई एक पटक सुपर क्यापासिटरमा जम्मा गरेर चार्ज गरी बत्ती बाल्ने प्रविधिको विकास उनीहरुले गरेको बताएका हुन्। यस प्रविधिबाट बिना ब्याट्री २२ दिनसम्म बत्ती बाल्न सकिने दुबै विद्यार्थीले बताए।

एक मिनेट (चम्किलो प्रकाश भएको बेला) चार्ज गरी सो उपकरण सुपर क्यापासिटरबाट चलाउन सकिने विद्यार्थीले जनाएका छन्। अझ ब्याट्रीलाई खास उपकरण डिजाइनर गरी चार्ज गर्ने र सो चार्ज सुपर क्यापासिटरमार्फत डेटा संकलन तथा प्रशारण गर्ने पूरै उपकरण २२ दिनसम्म लगातार चलाउन सकिने कुरा अनुसन्धानमार्फत जानकारी पाइएको उनीहरुले बताए।

युरोपमा अध्ययन गरेर आएका कलेज प्रोफेसर विजय श्रेष्ठ, प्रख्यात डिजाइनर कम्पनीमा केही वर्ष काम गरेर नेपाल फर्केका कलेज प्रोफेसर दिपेशप्रकार गुरागाईका साथै युरोपमा उच्च शिक्षा हासिल गरी केही वर्ष काम गरेका कलेज प्रोफेसर तथा प्रोजेक्ट संयोजक सचिन श्रेष्ठका निर्देशनमा आफूहरु यो प्रविधिको विकास गर्न सफल भएको विद्यार्थी जजेन्द्र कासुलाले जनाए। अर्का विद्यार्थी विज्ञान घिमिरेले डेटा क्लाउड कम्युटिंगमार्फत यो प्रविधि सम्पूर्ण क्षेत्रमा पुयाउने लक्ष्य रहेको बताए।

विद्यार्थी आफनो अन्तिम वर्षको प्रोजेक्ट प्रायोगिक चरण पार गर्दै अन्तिम चरणसम्म आइपुगेको हुन्। स्वास्थ्य निगरानीमासमेत संलग्न गराउने लक्ष्य लिई सो उपकरण विद्युत नपुगेको, तार जडान कठिनाई हुने ठाउँंहरुमा डेटा लिने र प्रशारण सहज बनाउने उनीहरुले बताए। यस उपकरण मानव तथा वातावरण क्षेत्रलाई ठूलो योगदान पुयाउन सकिने विद्यार्थीको निष्कर्ष छ। हालसालै कलेजमा सम्पन्न भएको नेक इन्जिनियम २०१९ नामक खुला प्रतियोगितामा वेष्ट प्रोजेक्टबाट यो सम्मानित भएको थियो।

प्रकाशित: २२ श्रावण २०७६ ०९:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App