एक सय एक्काइस तुइन विस्थापन

बुधबार, २२ साउन २०७६, १४ : ५७ नागरिक

काठमाडौँ-  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत आर्थिक वर्षमा १३४ मध्ये १२१ तुइन विस्थापन गरेको छ। सरकारले तुइन विस्थापन गर्ने योजनाअनुसार १२१ वटा तुइन विस्थापन गरिएको मन्त्रालयका प्रवक्ता भूपाल बरालले जानकारी दिए।
    
 प्रदेश नं १ मा पाँच, प्रदेश नं ३ मा १९, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा १७, कर्णाली प्रदेशमा २८ र सुदूरपश्चिम प्रदेशमा २६ वटा तुइन विस्थापन गरिएको छ। तुइन विस्थापनबाट तुइन दुर्घटनाबाट हुने मानवीय क्षतिमा कमी आएको र आर्थिक–सामाजिक क्रियाकलापमा पहुँच वृद्धि भएको जनाइएको छ।     
    
 यसैगरी मन्त्रालयले ५०० झोलुङ्गे पुलमध्ये ४९५ वटा निर्माण गरिएको छ। प्रदेश नं १ मा ८४, प्रदेश नं २०, प्रदेश नं ७३, गण्डकी प्रदेश १०२, प्रदेश नं ५ मा ६४, कर्णाली प्रदेश ८७ र सुदूरपश्चिम प्रदेशमा ६५ पुल निर्माण गरिएको छ।    
    
 यसैगरी मन्त्रालयले १०३ वटा पुल बनाउने लक्ष्य लिएकामा ७३ वटा निर्माण गरिएको छ। प्रदेश नं १३, प्रदेश नं १२ प्रदेश नं ३ मा २१, गण्डकी प्रदेश नं १२ प्रदेश नं ५ मा १०, कर्णाली प्रदेशमा तीन वटा र सुदूरपश्चिम प्रदेशमा दुई वटा सडक बनेका छन्। पुल निर्माण भएपछि यातायातमा सहज भएको छ।    
    
 यसैगरी मन्त्रालयले एक हजार २३९ किलोमिटर सडकमध्ये ६०५ किलोमिटर बनाएको छ।    
प्रदेश नं १ मा ९९ किमी, प्रदेश नं २ मा ८९ किमी, प्रदेश नं ३ मा १७९ किमी, गण्डकी प्रदेशमा ९२ किमी, प्रदेश नं ५ मा ११६, कर्णाली प्रदेशमा २० किमी र सुदूरपश्चिममा १८ किमी निर्माण गरिएको छ।    
    
 यसैगरी मन्त्रालयले प्रदेश नं १ मा ९८६ किमी, प्रदेश नं २ मा एक हजार २०० किमी, प्रदेश नं ३ मा एक हजार ३५ किमी, गण्डकी प्रदेशमा एक हजार १५८ किमी, प्रदेश नं ५ मा एक हजार २५० किमी, कर्णाली प्रदेशमा एक हजार १४५ किमी र सुदूरपश्चिम प्रदेशमा ९७५ किमी सडक मर्मत गरेको छ। रासस    
 








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad