१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पलापुमा बाघ आतङ्कः एक स्थानीय घाइते, २१ बाख्रा मार्‍यो

बाघको आक्रमण परेर घाइते हिराबहादुर श्रेष्ठ । तस्बिर: नागरिक

ओखलढुंगा– चम्पादेवी गाउँपालिकामा बाघले आतङ्क मच्याएको छ। चम्पादेवी गाउँपालिकाको वाड नं. १ र २ पलापुमा बाघले आतङ्क मच्याएको हो। तीन दिनमा बाघले स्थानीयका २१ वटा बाख्रा मार्नुका साथै एक जना स्थानीय बाघको आक्रमणमा घाईते भएका छन्।

आज विहान गोठ जाने क्रममा बाघको आक्रमण परेर हिराबहादुर श्रेष्ठ घाइते भएको वडा अध्यक्ष कुलबहादुर श्रेष्ठले जनाकारी दिए। गोठमा काम गर्दै गर्दा श्रेष्ठलाई बाघले आक्रमण गरी घाईते बनाएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ। उनको अनुसार र शरिरका अन्य भागमा चोट लागेको छ।

आजै विहान मसली मायाको नौ वटा खसि, बोकासहितको नौ वटा बाख्रा मारेको छ। यसका साथै पलापुकै झलक बहादुर मगरको पाँच र बाबुराम श्रेष्ठको दुई वटा बाख्रा खाएको छ।

बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरको एक–एक वटा बाख्रा बाघले मारेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ। सबै बाख्रा बाघले खोरमै आएर आक्रमण गरी मारेको उनको भनाई छ।

बाघ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगामा पहल गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताएका छन्। बाघ आतङ्क नियन्त्रणका लागि जिल्लाबाट टोली मगाइएको अध्यक्ष केसीले बताए। रात दिन जुनसुकै समयमा बाघले आक्रमण गरी बाख्रा मार्न थाले पनि स्थानियहरु त्रसित भएका छन्।

प्रकाशित: २२ श्रावण २०७६ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App