coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दावाको 'सम्बन्ध' तयारीमा

काठमाडौं- शेर्पा समुदायका चर्चित गायक दावा के शेर्पाले 'सम्बन्ध' एल्बम ल्याउने तयारी गरेका छन्। एल्बममा ५ वटा गीत रहने छन्। 'एल्बममा माया प्रेम तथा आमाको गुणगानका गीत समेटिएका छन्,' दावाले भने, 'आमा, के यो माया हो, को होला को होला, मलाइ जाउ जाउ भो र नाच्न मन लाग्छ गरी ५ वटा गीत छन्।' सबै गीतमा स्वर दावाको मात्रै छ भने शब्द, संगीत, लय भने दावा लगायत बुद्ध राइ, सैलेश कडेल क्षत्री, कुरुप र्यापरको छ। सबै गीतको म्युजिक भिडियो समेत ल्याउन लागेको उनले बताए। ३ वटा गीतको म्युजिक भिडियो तयारी भइसकेको र बाँकीको पनि बन्नेक्रममा रहेको बताए।

सम्बन्ध दावाको तेस्रो एल्बम हो। उनले यसअघि 'ब्रिटिसको लाहुरे' र 'अन्योल' एल्बम बजारमा ल्याइसकेका छन्।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App