५ वैशाख २०८१ बुधबार
समाज

'नेपाली पत्रकार अझै असुरक्षित'

काठमाडौं- राज्य तथा गैरराज्यपक्षबाट नेपाली पत्रकारहरु अझै असुरक्षित रहेको एक अनुसन्धानले देखाएको छ। नेपालमा पत्रकार सुरक्षा : युनेस्को पत्रकार सुरक्षा सुचकको आधारमा नेपालमा अझै दण्डहिनता कायम रहेको बुधबार सार्वजानिक गरिएको एक अनुसन्धानले जनाएको छ।

'नेपाली पत्रकारहरु राज्य र गैरराज्यदुवैबाट पीडीत छन् ,' अनुसन्धानमा संलग्न डा. निर्मलमणि अधिकारीले भने,'संक्रमणकालिन राजनीतिले पत्रकारको सुरक्षामा चुनौती थपिरहेको छ।' युनेस्कोको पत्रकार सुरक्षा सूचकको आधारमा पछिल्ला वर्षमा पत्रकार विरुद्ध हुने हिंसा र धम्कीका उजुरीमा कमी आएको  बताइएको छ।

 प्रतिवेदनले नेपाली पत्रकारको पेशागत अवस्था निकै नाजुक  रहेको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले जानकारी दिए। सञ्चारमाध्यममा कार्यरत आधाजसो पत्रकारसँग नियुक्ती र करार सम्झौता नहुनु, अनियमित तलव, र खस्कदो कार्य सम्पादनले जनस्तरमा पत्रकारप्रति विश्वसनीयता घटेको अनुसन्धानले देखाएको छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्डबहादुर कार्कीले नेपाली पत्रकारहरु अझै असुरक्षित रहेको बताएका छन्।'पत्रकारहरु सुरक्षित भएको महसुस गर्न नसके सही सूचना जनतामा सम्प्रेषण गर्न सक्दैनन्।' उनले भने 'स्वतन्त्र प्रेस नभए। राज्य जनताप्रति उत्तरदायी हुन सक्दैंन।' नेपालको राजनीतिक र आर्थिक द्धन्द्धको सिकार पत्रकारिता क्षेत्र परेकोमा दुख व्यक्त गरे।

हालसम्म नेपालमा३६ जना पत्रकारको शंकास्पद हत्या गरिएका छन्। भने पाँच जना पत्रकार अझै बेपत्ता पारिएका छन्। नेपाल पत्रकार महासंघका अनुसार आंवं २०७२–७३ मा पत्रकारमाथि दुर्व्यवहारका १ सय ३७ वटा घटना भएको बताइएको छ।

न्युनतम परिश्रमिक निर्धारण समितिका संयोजक पोषण केसीले प्रतिकुल अवस्थामा राज्यले विभिन्न वाहानामा पत्रकार माथि ज्यादती गर्दै आएको दावी गरे।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले मधेश आन्दोलनको क्रममा प्रेस स्वतन्त्रता विरोधी १ सय १९ घटना भएको जानकारी दिए। राज्य र गैरराज्यपक्षबाट हुने गतिविधी रोक्न माग गरे।

डा. निर्मलमणि अधिकारी र लक्ष्मणदत्त पन्तको टिमले गरेको अनुसन्धान रिपोर्टको सार्वजानिक प्रेस काउन्सिलका अध्यक्ष बोर्डबहादुर कार्की र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले गरेका थिए।

प्रकाशित: २५ कार्तिक २०७३ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App