coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनको चासो

काठमाडौं - जम्मु कश्मीरको वर्तमान अवस्थाप्रति चीनले चासो देखाएको छ।  जम्मु कश्मीरका विषयमा भारतीय निर्णयबारे मंगलबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले कश्मीरको विषयमा चीनको धारणा तर्कपूर्ण भएको बताएकी छन्। 

‘यो भारत र पाकिस्तानबीच विगतदेखि रहँदै आएको विवाद हो भन्नेमा अन्तर्राष्ट्रिय जगत् पनि सहमत छ।  यो विषयमा दुवै पक्षले संयम अपनाउँदै विवेकपूर्ण ढंगले निर्णय गर्न आवश्यक छ,’ उनले भनिन्।  यथास्थितिलाई एकतर्फी रुपमा परिवर्तन गरेर विवाद बढाउने काम कसैबाट पनि हुन नहुने भन्दै उनले भारत र पाकिस्तान दुवै पक्षलाई शान्तिपूर्ण ढंगले विवाद समाधानका लागि छलफल अघि बढाउँदै यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न आग्रह गरिन्।

भारतले लद्दाखलाई केन्द्र शासित क्षेत्र घोषणा गरेको विषयमा सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले भारतले पश्चिमी क्षेत्रमा चिनियाँ भूभागलाई पनि भारत प्रशासित क्षेत्रमा समावेश गरेको भन्दै चीन त्यसको सधैं विपक्षमा रहेको बताइन्।

  ‘यो अपरिवर्तित कुरा हो, हालै भारतले घरेलु कानुन परिवर्तन गर्दैै चिनियाँ भूभागको सम्प्रभूतामाथि बेवास्ता गरेको छ।  यो स्वीकार्य छैन र यो लागू हुँदैन,’ उनले भनिन्, ‘हामी भारतसँग आग्रह गर्न चाहन्छौं, सीमाको प्रश्नमा विवेकपूर्ण निर्णय गर्दै दुईपक्षीय सम्झौताको पालना गरोस्।  साथै सीमासम्बन्धी प्रश्नलाई थप जटिल बनाउनेतर्फ अघि नबढोस्। ’

प्रकाशित: २२ श्रावण २०७६ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App