coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘स्मार्ट सिटी’को डिपिआरका लागि एक करोड

ओखलढुंगा – ओखलढुंगाको रुम्जाटारमा बन्ने ‘स्मार्ट सिटी’को डिपिआर बनाउन प्रदेश सरकारले एक करोड रकम विनियोजन गरेको छ। प्रदेश १ सरकारले चालु आर्थिक वर्षमा ‘स्मार्ट सिटी’को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन एक करोड छुट्याएको हो।

यसै वर्ष रुम्जाटारमा ‘स्मार्ट सिटी’का आधारभुत आयोजना सुरु हुनेछन्। बजार व्यवस्थापन, ढल तथा सडक सुधारलगायत काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको प्रदेशको रातो किताबमा उल्लेख छ। व्यवस्थित सहरका रुपमा रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाइने भएको छ।   

प्रदेश १ सरकारले ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ मा आफ्नै मौलिक पहिचान भएको रुम्जाटार क्षेत्र ‘स्मार्ट सिटी’ बनाउने जनाएको छ। आफूले निर्वाचनताका गरेको बाचाअनुसार रुम्जाटारलाई आफ्नै कार्यकालमा ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यसाथ काम भइरहेको प्रदेश सांसद अम्बिरबाबु गुरुङले बताए। सेवा र सन्तुष्टिको खोजीमा जिल्लावासी बाहिरिने क्रम रोक्न रुम्जाटार स्मार्ट सिटीको अवधारणा ल्याइएको सांसद गुरुङले बताए। ‘प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ, रातो किताबमा परेर बजेटसमेत छुट्याइसकेकाले सम्भव भए मेरो कार्यकालभित्रै नभए केही वर्षभित्र सम्पन्न गराउने गरी काम सुरु गरिने छ,’ सांसद गुरुङले भने।

तत्काल ‘स्मार्ट सिटी’को डिपिआर बनाउन थालिने स्रोतले जनाएको छ। विज्ञहरुद्वारा प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसकिएको छ। रुम्जाटार स्मार्ट सिटी भन्ने भएपछि स्थानीय उत्साहित भएका छन्। रुम्जाटार पूर्वी पहाडको एक समथर भूभाग भएको ठाँउ (टार) हो। गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार भेडाको ऊनबाट बनाइने राढीपाखीका लागि चर्चित मानिन्छ।

प्रकाशित: २२ श्रावण २०७६ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App