८ वैशाख २०८१ शनिबार
राजनीति

भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन, प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं - भारतीय पुर्व विदेश मन्त्री सुस्मा स्वराजको निधन भएको छ। स्वराजको हृदयघातका कारण निधन भएको हो। सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ समेत रहेकी ६७ वर्षिया स्वराजको दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्।

एक्कासी हृदयघात भएपछि उनलाई स्थानीय समयअनुसार राति सवा १० बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा उनले सन् २०१४ देखि २०१९ सम्म भारतको विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्।  

यसअघि उनले सन् २००९ देखि २०१४ सम्म संसद्मा विपक्षी दलको नेताको रुपमा जिम्मेवारी सम्हालेकी थिइन्।  उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल काँग्रेससहितका राजनीतिक दल तथा नेताहरुले शोक व्यक्त गरेका छन्। सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरेकी उनले यसैवर्ष भएको आम निर्वाचनमा भने स्वास्थ्यका कारण उम्मेद्वारी दिएकी थिइनन्।  

पूर्व विदेशमन्त्री स्वराजको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २२ श्रावण २०७६ ०१:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App