नारायणहिटी दरबारका महत्वपूर्ण दस्तावेज पूर्वराजासँग रहेको सरकारको आशंका

मङ्गलबार, २१ साउन २०७६, १८ : ०६ नागरिक संवाददाता

काठमाडौं– संसदीय समितिले तत्कालीन नारायणहिटी राजदरबारको महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्य सुरु गरेको छ। 

राष्ट्रिय महत्वको दस्तावेजको अभिलेख राख्ने दायित्व पाएको संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले तत्कालीन राजाहरुले नारायणहिटी दरबारमा राखेका महत्वपूर्ण दस्तावेजहरुको खोजी कार्यलाई अघि बढाएको हो। यसै अभियान अन्तर्गत समितिले सरकारलाई सो दस्तावेज कहाँ छ? त्यसको विवरण उपलब्ध गराउन पत्राचार गरेपछि सरकारले त्यस पत्रको जवाफ समेत दिन सकेको छैन। 

मंगलबार समितिको बैठकमा उपस्थिति भएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पनि ती सबै दस्तावेज सरकार कहाँ आए/नआएको एकीन नभएको जवाफ दिए। उनले सो दस्तावेज पूर्वराजा ज्ञानेन्द्र शाहसँगै गयो की भनि आशंका पनि गरे। ‘त्यतिबेला सबै राष्ट्रिय महत्वका दस्तावेज दरबारमा केन्द्रित थिए,’ मन्त्री ज्ञवालीको भनाई थियो, ‘ती सबै यता आएकी आएनन् एकीनका साथ भन्न सकिने अवस्था छैन, जे–जे दस्तावेज थिए भन्ने हामीलाई सूचना छ। तिनीहरुको खोजी गर्ने क्रममा के–के छुटे बुझ्न सकिन्छ। सबै हस्तान्तरण नभएको बुझेका छौं, पूर्व ज्ञानेन्द्र राजा शाहसँगै गयो की?’ मन्त्री ज्ञवालीले समितिको बैठकमा आफैमाथि प्रश्न पनि गरे, ‘नारायणहिटी दरबारमा महत्वपूर्ण दस्तावेज त्यहीँ बाँकी छ वा कुनै ढंगले नष्ट भयो? त्यसको बारेमा एकीन ढंगले भन्न सकिने अवस्था छैन।’

बैठकमा समितिका  सभापति रामनारायण बिडारीले सुगौली सन्धियताका नेपालको नक्सा, राष्ट्रिय महत्वको अभिलेख र नेपालले गरेका अन्तर्राष्ट्रिय सन्धिसम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई पत्राचार गरिए पनि जवाफ नआएको बताए।

समितिका सदस्य राधेश्याम अधिकारीले नारायणहिटी राजदरबारका महत्वपूर्ण दस्तावेज कहाँ छन भनि मन्त्री ज्ञवालीलाई प्रश्न गरेका थिए।

मन्त्री ज्ञवालीले तत्कालीन नारायणहिटी दरबारको कतिपय दस्तावेज भने राष्ट्रिय अभिलेखालयमा आएको र त्यसलाई व्यवस्थित बनाएपछि समितिले पेश गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad