coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिदेशीय सहकार्यमा प्रधानमन्त्रीको जोड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल पार सहकार्यको माध्यमबाट यस क्षेत्रमा समृद्धि हासिल गर्न सकिने बताएका छन्। द डेभ्लपमेन्ट इन्स्टिच्युटले बुधबार आयोजना गरेको 'ट्रान्स हिमालय कोअपरेसन बियोन्ड ट्राइल्याटरल डिस्कोर्स' कार्यक्रममा दाहालले नेपाल–भारत–चीनबीचको त्रिदेशीय सहकार्य प्रस्ताव गरिएको बताए। उनले चीन र भारतले गरेको तीव्र आर्थिक वृद्धिबाट फाइदा लिने राम्रो भूभागमा नेपाल रहेको बताए। दाहालले पर्यटन तथा जलस्रोत तुलनात्मक रुपमा बढी फाइदा लिन सकिने क्षेत्र भएको टिप्पणी गरे।

कार्यक्रममा प्राध्यापक विश्वम्भर प्याकुरेलले हिमाल पार सहकार्यको नेपाली अवधारणा, सिचुवान विश्वविद्यालयका प्राध्यापक दाइ योङयाङजे चिनियाँ र भारतको इन्स्टिच्युट अफ डिफेन्स एनालाइसिस एन्ड स्टडिजका रिसर्च फलो निहार नायकले भारतीय अवधारणासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै डिभ्लपमेन्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक लेखनाथ पौडेलले हिमाल पार सहकार्यको अवधारणाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता रामशरण महत, पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, चीनका लागि नवनियुक्त नेपाली राजदूत लीलामणि पौडेलसहित सांसद, कूटनीतिज्ञ, अनुसन्धानकर्ता सहभागी थिए।

 

प्रकाशित: २५ कार्तिक २०७३ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App