वैदेशिक रोजगारीको पीडा, जो कफिनमा फर्किए (भिडियो रिपोर्ट)

मङ्गलबार, २१ साउन २०७६, १६ : ३० मुकुन्द घिमिरे  | @@GhimireFlopped

काठमाडौं- वैदेशिक रोजगारीको लागि दैनिक सयौं युवा विदेश जान्छन्। कोही केही पैसा कमाएर फर्कन्छन्। कोही रोग लिएर फर्कन्छन् र कोही अंगभंग भएर आउँछन्। तर कोही भने कफिनमा  फर्कन्छन्। यो प्रकृया पछिल्लो समय नेपालीहरुको नियति नै बनेको छ।

अधिकांश नेपालीको वैदेशिक रोजगार गन्तव्य मलेसिया, कतार, दुवई जस्ता खाडी मुलुक हुन्। नेपालमा वैदेशिक रोजगारीको सवल पक्ष अर्थात धनआर्जन, रेमिटेन्स तथा सीपका विषयहरु चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छाँयामा पर्दै आएका छन्।

वैदेशिक रोजगार बोर्डले शव ल्याएको आँकडालाई हेर्ने हो भने वैदेशिक रोजगारमा रहेको जोखिमको आँकलन गर्न सकिन्छ। आर्थिक वर्ष २०७४/७५ मा   बोर्डले ६८६ शव ल्याएको थियो। जसमा सबै भन्दा बढि मलेसियाबाट २५५ शव ल्याइएको थियो।

आर्थिक वर्ष २०७५/७६ मा ७ सय ५३ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो। यस अवधिमा २२९ जनाले मलेसियामा, १३५ जनाले कतारमा, १९४ जनाले साउदी अरेबियामा ज्यान गुमाएका थिए। यस बाहेक युएइ, कोरिया जस्ता मुलकमा समेत अवस्था भयावह रहेको छ।

वैदेशिक रोजगार वोर्ड सचिवालयका  सूचना अधिकारी दिनबन्धु सुवेदीका अनुसार वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना नलिँदा दुर्घटना हुने गरेको छ।  यसका लागि वैदेशिक रोजगारीमा जानु अघि तालिम तथा सूचनामा आफूहरुले जोड दिएको सुवेदी बताउँछन्। कुनै समय ल्हासा, कहिले  भारत त कहिले खाडि मुलुक रोजगारीकै लागि जानु नेपालीको नियती बन्दै आएको छ। त्यस्तै, पछिल्लो समय कोरिया तथा युरोपेली र अमेरिकी मुलुक पनि नेपालीहरुको गन्तव्यमा नपरेका होइनन्। तर, नेपालीहरुको अधिकांश वैदेशिक रोजगारीको गन्तव्य मलेसिया, कतार जस्ता खाडी मुलुकहरु नै पर्दै आएका छन्। नेपालमा वैदेशिक रोजगारीको सवल पक्ष अर्थात धनआर्जन, रेमिटेन्स तथा सीपका विषयहरु चर्चामा रहँदै गर्दा वैदेशिक रोजगारीमा भोग्नुपर्ने चुनौती छाँयामा पर्दै आएका छन्। विगतदेखिको वैदेशिक रोजगारीको गन्तव्य जोखिमपूर्ण देखिन्छन्।

वैदेशिक रोजगार बोर्डले शव ल्याएको आँकडालाई हेर्ने हो भने वैदेशिक रोजगारमा रहेको जोखिमको आँकलन गर्न सकिन्छ। आर्थिक वर्ष २०७४/७५ मा   बोर्डले ६८६ शव ल्याएको थियो। जसमा सबै भन्दा बढि मलेसियाबाट २५५ शव ल्याइएको थियो। त्यसमध्ये पुरुषको संख्या २५१ र महिलाको संख्या ५ जना रहेको छ। त्यस्तै साउदी अरेविया,कतार, युएइ जस्ता मुलुकमा पनि जोखिमको अवस्था भयावह छ। सोही आर्थिक वर्षमा  साउदी अरेवियाबाट १९३, कतारबाट ११४, यूएइबाट ६३ शव भित्रिएका थिए। त्यसबाहेकका दक्षिण कोरिया, कुवेत, ओमान, बहराइन लगायतका मुलुकहरुको अवस्था पनि उस्तै छ। त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा ७५३ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो। यस अवधिमा २२९ जनाले मलेसियामा, १३५ जनाले कतारमा, १९४ जनाले साउदी अरेबियामा ज्यान गुमाएका थिए। यस बाहेक युएइ, कोरिया जस्ता मुलकमा समेत भयावह रहेको छ।

वैदेशिक रोजगार वोर्ड सचिवालयका उपसचिव दिनबन्धु सुवेदीका अनुसार वैदेशिक रोजगारीमा जानुअघि आवश्यक सूचना नलिँदा दुर्घटना हुने गरेको छ।  यसका लागि वैदेशिक रोजगारीमा जानु अघि तालिम तथा सूचनामा आफूहरुले जोड दिएको सुवेदी बताउँछन्। ‘वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन भाषा, सीप, कानुनबारे २ दिने तालिम दिँदै आएका थियौं। अहिले पाठ्यक्रम सुधार गरेर ३ दिन बनाएका छौं।’ उनले भने ‘तालिमा सामान्य शब्दावली, वातावरण, ट्राफिक नियम जस्ता आधारभूत विषयको जानकारी गराइन्छ।’

त्यस्तै वैदेशिक रोजगारमा गइ अंगभंग हुनेको संख्या पनि खाडी देशहरुमा नै धेरै छ। आर्थिक वर्ष २०७५/७६ मा मलेसियाबाट ११० जना अंगभंग भइ स्वदेश फर्किएका थिए भने साउदी अरेबियाबाट ८९, कतारबाट ७० जना अंगभंग भइ फर्किएका थिए। सो आर्थिक वर्षमा कुल ३६१ जना अंगभंग भइ फर्किएका थिए।

उपसचिव सुवेदीका अनुसार वैदेशिक रोजगारीमा मृत्यु हुने तथा अंगभंग हुनुको मुख्य कारण खानपानमा गरिने लापारबाही तथा सामान्य सीपको अभाव रहेको छ। तथ्यांक हेर्दा इन्डुअर भन्दा आउट डुअर काम जोखिमपूर्ण देखिएको उनको भनाइ छ। खाडिमुलुकमा बाहिर अत्यन्त गर्मी हुने र कामदारले पानी कम खाने या खानामा सावधानी नअपनाउनाले मृत्यु हुने गरेको छ। त्यस्तै ट्राफिक दुर्घटना, उपकरण चलाउने सीपको अभाव जस्ता कारणले पनि कारदारलाई अंगभंग गराउने या मृत्युसम्म पुर्‍याउने गरेको छ। 

हुन त एकप्रकारले देश रेमिटेन्सले धानेको छ। तर, यसो भन्दैमा वैदेशिक रोजगारीको असुरक्षित पक्षलाई पक्कै पनि अवमुल्यन गर्न सकिँदैन। एकातर्फ बेरोजगारीले ब्याप्त बनेको बेला जीविकोपार्जन अवसर छ भने अर्कोतर्फ वैदेशिक रोजगारकै कारण नागरिकको सामाजिक र पारिवारिक वातावरणमा खलल परेकै छ। अतः वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सचेत बन्नै पर्ने देखिन्छ। यसका लागि सरकार, कामदारसमेत सबै पक्ष सकारात्मक बन्नै पर्ने देखिन्छ।

 

 

 







यसमा तपाईको मत

अन्य समाचार

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

“पल्सर डेयर भेन्चर ४” शुरु (भिडियो)

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकमा चेक डिपोजिट मेसिन सुरु

सिद्धार्थ बैंकले ग्राहकलाई प्रभावकारी सेवा दिने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाललाई उक्त सुविधा हात्तीसार शाखामा...

नेपालगन्जमा एनसेल सेन्टर

नेपालगन्जमा एनसेल सेन्टर

एनसेल प्राइभेट लिमिटेडले ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै नेपालगन्जको पुष्पलाल चोकमा बिहीबार नयाँ सुविधासम्पन्न नयाँ एनसेल सेन्टर सञ्चालन...

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

एसएमएल इसुजु फ्यागसिप सर्भिस सेन्टर सुरु

लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एउटै छानामुनि सर्भिस सेन्टर र ग्लोबल सिरिजको ट्रक र ट्रिपरको नयाँ विश्वव्यापी शृंखला बजारमा ल्याएको छ...

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले दियो हेमोडायलेसिस मेसिन

एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मनिपाल अस्पताललाई एक थान हेमोडायलेसिस मेसिन हस्तान्तरण गरेको छ । ...

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

चीन तिब्बत–नेपाल इकोनोमिक एन्ड ट्रेड फेयर हुने

ट्रेड डेभलपमेन्ट ब्युरो अफ मिनिस्ट्री अफ कमर्स अफ पिआर चाइना तथा चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड चेम्बरको...

भक्तपुरमा बाजेको सेकुवा

भक्तपुरमा बाजेको सेकुवा

मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ले भक्तपुरको गठ्ठाघरमा शाखा विस्तार गरेको छ । ...

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

अनाथालयलाई बंगलादेश बैंकको सहयोग

नेपाल बंगलादेश बैंकले विश्व बाल दिवसको अवसरमा ललितपुरको धापाखेलस्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई ३१ थान ब्ल्यांकेट सहयोग गरेको...

Ncell Footer Ad