coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

न्यायाधीशका लागि योग्यको सूची बनाइने

काठमाडौं- न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि योग्य व्यक्तिको सूची तयार गर्ने भएको छ। संविधान अनुसार गठन भएका सातवटा उच्च अदालतमा समेत न्यायाधीश नियुक्ति गर्नुपर्ने भएकाले त्यसका लागि योग्य व्यक्तिहरूको सूची तयार पार्न लागिएको हो।

न्याय परिषद्को बुधबारको बैठकले न्यायाधीशमा नियुक्तिका लागि योग्य व्यक्तिलाई विवरण पेस गर्न सार्वजनिक रुपमा सूचना आह्वान गर्ने निर्णय गरेको छ।

न्याय परिषद् ऐन अनुसार योग्य व्यक्तिको सूची तयार गर्ने निर्णय भएको न्याय परिषद्का प्रवक्ता देवेन्द्र ढकालले बताए। न्याय परिषद् ऐनको दफा ३ बमोजिम न्यायाधीशका लागि योग्य व्यक्तिहरू सूची तयार पारिने छ।

संविधान अनुसार योग्यता पुगेका व्यक्तिले परिषद्ले आह्वान गरेबमोजिम विवरण पेस गर्न सक्नेछन्। त्यसका लागि परिषद्ले सात दिनको समय दिने छ।

प्रकाशित: २५ कार्तिक २०७३ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App