संसदबारे टिकाटिप्पणीः 'प्रतिपक्ष हार्‍यो, सत्तापक्ष आत्तियो'

मङ्गलबार, २१ साउन २०७६, १५ : २२ नागरिक

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले संसद अवरोध खोल्ने सन्दर्भमा भएको सहमतिलाई राजनीति आरोप प्रत्यारोपको विषय नबनाउन सबै दलको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सत्ता पक्ष र प्रतिपक्षी दल दुवैले संसदीय मर्यादा कायम गर्दे गरेको निर्णयलाई दलिय आधारमा व्याख्या र विश्लेषण नगर्न सचेत गराएका हुन्। 

संसदीय प्रणालीका बारेमा फरक मत राख्ने र वर्गसत्रुका रुपमा रहेका दुई पक्षको खतरनाक द्धन्द्धबाट निकास निकालेर प्रतिनिधिसभालाई स्वीकार गरेको स्मरण गराउँदै उनले असहमत हुनका लागि सहमति हुने थलोको रुपमा प्रतिनिधिसभा रहेकाले त्यसको मर्यादा कायम गर्नका लागि सहभागी सबैले ध्यान पुर्याउनुपर्नेमा जोड दिए।

उनले भने ‘सभा अवरोधका सन्दर्भमा हिजो भएको सहमतिको बारेमा अहिले टिकाटिप्पणी हुदैछन्। प्रतिपक्ष हार्यो। प्रतिपक्षीले सम्झौता खोज्यो। होइन, सत्तापक्ष आत्तियो। सत्तापक्षले प्रतिपक्षको मान्यो। यी मेरा कानमा परेका शब्दहरु हुन्। हिजो दुवै पक्षले प्रतिनिधिसभाको मर्यादा कायम गरेर आआफ्नो ठाउँबाट योगदान गरेर विशेष गरेर सभामुखकै पहलबाट कदम लिएको हो। यसका लागि राजनीतिक भनाभनको विषय नबनाउनुहोस। प्रतिपक्षीले उच्चकोटीको सदासयता देखाएको छ। सरकारले पनि विनम्रता देखाएको छ।’

संसदीय प्रणालीलाई गन्तव्य र सफलतामा पुर्याउने काम चुनौतिपुर्ण रहेको टिप्पणी गरे। उनले विद्यमान हिंसाको परम्परा, बेरोजगारी, आर्थिक क्रियाकलाप, भ्रष्टाचारलगायतले प्रणालीलाई नै असफल बनाउन हिडिरहेकाले प्रणालीलाई जिवित राख्न आरोप प्रत्यारोपमा नलागि परस्पर सम्मान गर्दै प्रणाली जोगाउने तर्फ दृढ हुनुपर्नेमा जोड दिए।  उनले मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानबाट प्रभावितका लागि संघीय राज्यको सिद्धान्त पालना नहुन्जेल उदारतापुर्वक केन्द्रसरकारबाट अनुदान पठाउने व्यवस्था मिलाउन गृहमन्त्रालय र सरकारलाई आग्रह गरे।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad