८ वैशाख २०८१ शनिबार
राजनीति

बाढी पीडितको पुर्नस्थापनामा सरकार गम्भिर भएन

काठमाडौं- नेपाली कांग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुर्नस्थापनामा सरकार गम्भीर नभएको बताएका छन्।

संसदको विशेष समयमा बोल्दै उनले अनुगमनका क्रममा आफु त्यस क्षेत्र जाँदा रौतहतका बाढी प्रभावितहरुको दयनिय अवस्था देखेको र अन्य स्थानका बाढी प्रभावितको अवस्था पनि त्यस्तै रहेको भन्दै उचित पुर्नस्थापना र राहत वितरणमा सरकार गम्भीर बन्न नसकेको आरोप लगाए।

उनले सरकार “सुतेर बसेको”टिप्पणी पनि गरे। लालबकैया र बागमतीको तटबन्ध ठाउँ ठाउँमा भत्किएकाले फेरी पनि खतरा कायमै रहेको भन्दै तटबन्धको उचाई बढाउन सरकारसंग माग गरे।

प्रकाशित: २१ श्रावण २०७६ ०८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App