८ वैशाख २०८१ शनिबार
राजनीति

मुख्यमन्त्रीलाई म फकाउँछु,  तिनाउमा कालिगण्डकीको पानी आउँछः महासचिव पौडेल

कार्यक्रममा सहभागी नेकपा महासचिव पौडेलसहित अन्य अतिथिहरु । तस्बिरः नागरिक

रुपन्देही– सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का महासचिव एंव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिनाउ नदीमा कालिगण्डकीलाई डाईभर्सन गरेरै छाड्ने जिकिर गरेका छन्। प्रतिनिधिसभामा रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित पौडेलले विगत लामो समयदेखि तिनाउमा कालिगण्डकी डाइभर्सन गर्ने चुनावी नारा लगाएका थिए। हरेक पटक बुटवलमा हुने कार्यक्रममा कालिगण्डकी डाइभर्सनको कुरा उठाउने नेता पौडेलले आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा डाइभर्सनको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार हुने दावी गरे।

मंगलबार बुटवल कालिका क्याम्पसको भवन शिलान्यास गर्दै महासचिव पौडेलले तिनाउ नदीमा केहि वर्षभित्रै कालिगण्डकिको पानी ल्याउने प्रतिबद्धता जनाए। ‘प्रदेश ४ का मुख्यमन्त्रीले विरोध गरे भनेर कुरा आएको छ, मुख्यमन्त्रीलाई मनाउने जिम्मा मेरो भयो तर तिनाउमा कालिगण्डकीको पानी आउछ’ उनले भने। उनले कालिगण्डकीको तल्लो क्षेत्रमा पानी कम हुने आंशका रहेको बताउँदै त्यस्तो हुन नदिएपछि जनताले पनि विरोध नगर्ने बताए।

लामो समयदेखि कालिगण्डकी डाइभर्सनको चर्चा भएपनि यसले मूर्त रुप लिन नसकेको भन्दै आलोचना पनि हुने गरेको छ। तर पौडेलले भने यो वर्ष डिपिआर हातमा आएपछि तुरुन्तै डाइभर्सन सुरु हुने बताए। ‘नदी वहावलाई डाइभर्सन गरेको अनुभव छैन्, भेरी बबइको मात्रै अनुभव हो’ पौडेलले भने ‘३० किलोमिटर लामो सुरुङ्ग खन्नुपर्छ।’ सरकारले आर्थिक वर्ष ७६÷७७ का लागि कालिगण्डकी तिनाउ डाइभर्सन परियोजनाको विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट छुट्याएको छ।

प्राय बुटवलका कार्यक्रममा राजनीति भन्दा बढि विकास निर्माण केन्द्रीत भाषण गर्ने पौडेलले बुटवल नेपालकै विकासको नमूना क्षेत्र बनाउन लागि परेको दावी गरे। तर उनले योजना कार्यान्वयनमा भने नागरिक निगरानी नपुगेको बताए। बुटवलमा निर्माणधिन अन्तराष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनीस्थल निर्माणमा निगरानी नपुगेको बताए। बुटवल नारायणगढ सडक विस्तार, शंकरनगरमा प्रदेशस्तरीय मेडिकल कलेज, सिद्धबाबा पहिरो नियन्त्रणका लागि सुरुङ्गमार्ग निर्माण जस्ता ठूला आयोजनाहरु शुरु भएको भन्दै यसको कार्यान्वयनमा सबैलाई चनाखो हुन आग्रह गरे। उनले रुपन्देहीको विकासका लागि राजनितिक आस्थाका आधारमा विभेद नगर्ने समेत बताए।

प्रकाशित: २१ श्रावण २०७६ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App