coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

‘नेपथ्य’ को आवाज दोहामा

काठमाडौं – नेपाली लोक पप ब्याण्ड नेपथ्यले कतारको राजधानी दोहामा सांगीतिक प्रस्तुति दिने भएको छ। आगामी साउन २७ मा ईश्लाम धर्मावलम्बीहरुको चाड ‘इद अलअदा’ को अवसरमा नेपथ्यले दोहामा रहेका नेपाली समुदायमाझ सांगीतिक प्रस्तुति दिदैँछन्। नेपाथ्यले दोहास्थित एशियन टाउन एम्पीथिएटरमा सांगीतिक प्रस्तुति दिने भएका हुन्।

यसअघि सन् २०१४ मा यो ब्याण्डले पहिलोपटक कतारमा आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो। ‘यस पटक फेरि हामीलाई नेपाली दाजुभाइसँग भेटघाटको अवसर जुराइ दिएकामा आयोजकलाई धन्यवाद दिन चाहन्छु,’गायक अमृत गुरुङले भने।

कतारमा कन्सर्टको आयोजना ‘लेभल एफएन एडभटाईजिङ एण्ड इभेन्ट’ का तर्फबाट लक्ष्मणप्रसाद चौलागाईले गरेका हुन्। ‘स्रोता तथा दर्शकको माया पाएको कतारमा प्रस्तुतिका निम्ति सँधैजस्तै यसपटक हामीले गीतहरुसमेत विशेष तवरबाट छनौट गरेका छौं,’ नेपथ्यका मुख्य गायक अमृत भन्छन्, ‘हामी दोहाको प्रस्तुतिलाई अविस्मरणीय बनाउन तत्पर छौं।’

गायक अमृतलाई ब्याण्डका सदस्यहरु ड्रम सेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गिटारमा निरज गुरुङ, बेस गिटारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाउने छन्।    

 

प्रकाशित: २१ श्रावण २०७६ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App