प्रभावकारी प्रधानमन्त्री

मङ्गलबार, २१ साउन २०७६, ०७ : ५४ नागरिक

वीणा झा

यही साता भारतको राज्य सभामा एक मध्यकालीन कुप्रथा तीन तलाक विधेयक पारित भयो जसलाई भारतीय समाजले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय नारीलाई दिएको सम्मानका रूपमा लिनुका साथै लैंगिक न्याय र समानताको जीतका रूपमा मनाएका छन्।  मुस्लिम महिलालाई यसले ठूलो राहत दिने जनविश्वास छ।  साथै यसले प्रधानमन्त्री मोदीको छविलाई झन् माथि पु-याउन सकारात्मक भूमिका खेलेको छ। 

केही दिनअगाडि सम्पन्न भारतको चुनावमा नरेन्द्र मोदी र उनको दल अत्यधिक बहुमतले विजयी भए।  त्यस विजयपछाडिका अनेक कारणमध्ये यस्तै ससाना कारण(जुन सर्वसाधारण नागरिक जीवनसँग प्रत्यक्ष जोडिएका हुन्छन्) रहेका भेटिन्छ जसको प्रभावस्वरूप सर्वसाधारण भारतीय नागरिकमाझ  मोदीको  छवि राम्रो बनाएको छ।  उक्त छवि निर्माणका पछाडि मोदीको सरल र प्रभावकारी व्यक्तित्वका साथै उनको विशेष टिम (समूह) पनि हो जसकाकारण मोदीको राम्रो छवि जनमानसमा बन्यो र त्यसको असर चुनाव परिणाममा समेत देखियो।

एउटा प्रधानमन्त्रीको छवि निकै महत्वपूर्ण हुन्छ देशमा सुख र समृद्धि ल्याउनका लागि।  किनकि त्यो छविभित्र आस्था, विश्वास र गलत गर्नेका लागि डरसमेत लुकेर रहेको हुन्छ।  त्यसैले छवि धमिल्याउनु भनेको समाजबाट सकारात्मक ऊर्जा घटाउने र निराशा बढाउनु हो।  नेपालका प्रधानमन्त्री केपी शर्मा वलीले पदभार ग्रहण गरेलगत्तैदेखि उनको छवि राम्रो बन्नुको सट्टा धमिलिन सुरु भयो।  त्यो उनले आफैँ जानेरै गरे वा नजानिकनै, उनको आफ्नै विश्लेषणको विषय होला तर मुख्य कुरा उनको छवि धमिलिँदै गयो।

प्रधानमन्त्री रोजगार कार्यक्रम किन फितलो बनाइयो ? ज्याकेट र टोपी बनाउन लगाउनेदेखि त्यसको कार्यक्रम डिजाइन गर्नेसम्मलाई जवाफदेहिताको घेरामा उभ्याउँदै कारबाही गर्न सक्नुपर्छ।

आशा देखाउनुसम्म त ठीकै हो तर आधारविहिन आँकडा, योजनाहरू मितिसहित तोकेर भन्नु र त्यो पूरा हुन् नसक्नु, उपलब्ध तथ्यहरूलाई आलोचनात्मकरूपले विश्लेषण नगरी प्रस्तुत गर्नु जस्ता भूल सुरुबाटै गर्दै गए।  त्यसमा सबभन्दा ठूलो कमजोरी पार्टी, क्षेत्र र सम्बन्धहरूभन्दा माथि उठेर एउटा राम्रो विज्ञ समूह बनाउन नसक्नु पनि  हो।  विभिन्न मिडिया, नागरिक समाजका साथै अन्य स्रोतबाट प्राप्त जानकारी, सन्देशलाई बेवास्ता गर्दै आफू निर्मित समूहको चाहनाअनुरूपको कार्य र व्यवहारको निरन्तरताले उनको छवि धुमिलिन सहयोगी भूमिका खेलेको भन्दा अत्युक्ति नहोला।

कुनै पनि सफल प्रधानमन्त्रीका पछाडि एउटा विज्ञ समूह हुन्छ जो निरन्तर प्रधानमन्त्रीलाई विवादबाट जोगाउनुका साथै प्रभावकारी छवि बनाउनमा तल्लीन रहन्छ।  जस्तो कि भारतीय प्रधानमन्त्री मोदीकै  कुरा गर्दा पनि उनीसँग रहेका विज्ञ समूहले उनका हरेक सञ्चार चाहे त्यो आन्तरिक होस् वा अन्तर्राष्ट्रिय, प्रभावकारी बनाउन अत्यधिक मेहनत गरेका हुन्छन् जसको परिणाम सकारात्मक असरहरूका रुपमा लिन सकिन्छ।  केही दिनअगाडि मात्रै प्रधानमन्त्री ओलीको ट्विटबाट युकेका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन भन्दै उस्तै नाम भएका अर्कै व्यक्तिलाई पठाइएको बधाई सन्देशले प्रधानमन्त्रीलाई हाँसोको पात्रका रूपमा उडाइयो। यस्ता साधारण जस्तो देखिने कुराहरूले समेत देश/विदेशमा प्रधानमन्त्रीको छविलाई प्रभाव पारिरहेको हुन्छ।

केही साताअगाडि मोदीले ओलीलाई सम्बोधन गर्दै योगदिवसको अवसरमा नेपाली भाषामा ट्विट गरेका थिए।  के हुन्थ्यो होला यदि उहीकुरा ओलीले मोदीलाई हिन्दीमा गरेका भए ?सहजै अनुमान गर्न सकिन्छ उक्त अवस्थाबाट ओलीको छवि नेपाली समाजमा कस्तो छ अर्थात् कति कमजोर वा कति मजबुत रहेछ भन्नेसमेत प्रस्टिन्छ। कुनै पनि कार्यालयमा कुनै कर्मचारी नियमविपरित कुनै कार्य गर्छ भने त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी कार्यालय प्रमुखको पनि हो भनेझैँ सरकारका सबै निकाय सरकारको प्रतिनिधित्व गर्छन्।  त्यसमा पनि प्रहरी भनेको त सरकारको अनुहार हो।  त्यसैले उक्त निकायको हरेक व्यवहार र कार्यलाई सर्वसाधारणले बडो संवेदनशील भएर नियालिरहेको हुन्छ र सरकारप्रतिको छवि निर्माण गरिरहेको हुन्छ।  अहिलेको विकसित प्रविधिको जमानामा सर्वसाधारणसँग पनि विभिन्न स्रोत हुन्छ जसका आधारमा उसले अवस्थाको केही हदसम्मको विश्लेषण स्वयं गर्न सक्छ।

सरकारका विभिन्न निकायको अकर्मण्यता, आचरणविरुद्धका कार्य बारम्बार मिडियाले बाहिर ल्याइदिए पनि प्रधानमन्त्री ओलीले आमनागरिकले महसुस गर्ने गरी कारबाही गर्न नसक्दा उनको छवि धमिल्याउन थप मद्दत मिलेको छ।

जब कुनै व्यक्तिको प्रत्यक्ष भोगाइ, अवलोकन गराइ र सम्बन्धित निकायका भनाइबीच तादात्म्य भेटिन्न भने उक्त समयमाप्रधानमन्त्रीको गरिमामय पदमा आसीन व्यक्तित्व एकदम चनाखो हुनुपर्छ।  आफ्नो छवि निर्मल बनाइराख्न कसैलाई पनि छूट र लुटको अवस्था दिनुहुँदैन।  पछिल्लो उदाहरणका रूपमा गृहमन्त्रीले निर्मला हत्याकाण्डबारे दिएका अभिव्यक्तिले पनि प्रधानमन्त्रीको  छवि धमिल्याउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेकोमहसुस गर्न सकिन्छ।
यो सत्य हो कि प्रधानमन्त्रीसंँग कुनै जादुको छडी हुँदैन।  सफल हुनका लागि एउटा राम्रो समूह नै चाहिन्छ तर यो पनि सत्य नै हो कि उक्त समूह निर्माण गर्ने जिम्मा पनि प्रधानमन्त्रीकै हुन्छ।  सरकारका विभिन्न निकायको अकर्मण्यता, आचरणविरुद्धका कार्य बारम्बार मिडियाले बाहिर ल्याइदिए पनि प्रधानमन्त्री ओलीले आमनागरिकले महसुस गर्ने गरी कारबाही गर्न नसक्दा उनको छवि धमिल्याउन थप मद्दत मिलेको छ।  त्यसैले आफैँ निर्माण गर्ने विज्ञ समूह निकै होसियारीपूर्वकहाम्राभन्दा राम्राको आधारमा गठन गरिनुपर्छ नत्र भने एउटा सानो हेलचेक्र्याइँले प्रधानमन्त्री जस्तो गरिमामय पदको छवि धमिलिँदै जान्छ र यसको असर आगामी राजनीतिक यात्रामा समेत पर्छ।  आज देखिने कतिपय अवस्था तिनै असावधानीका परिणामका रूपमा लिन सकिन्छ।

त्यसो भए छवि बनाउन साँच्चै आवश्यक छ कि छैन ? अवश्य पनि यो निकै महत्वपूर्ण कुरा हो किनकि आमसर्वसाधारण प्रत्यक्षरूपमा आफ्नो देशको प्रधानमन्त्रीलाई भेट्न पाउँदैनन् यिनै छविका आधारमा आफू सुरक्षित र आशावादी बन्ने गर्छन् र देशलाई समृद्धितर्फ डो-याउन तिनै सर्वसाधारणको अहम् भूमिका हुन्छ तर त्यसका लागि प्रधानमन्त्री स्वयमले बिग्रेको छवि बनाउन प्रयास गर्नु जरुरी हुन्छ।  अहिले चरम बेथिति र भ्रष्टाचारले आक्रान्त बनेका सर्वसाधारणका जीवन सहज बनाउन प्रभावकारी कारबाहीको उदाहरण दिन सक्नुपर्छ।  सुरु जताबाट गरेपनि हुन्छ चाहे प्रधानमन्त्री रोजगार कोषको चरम दुरुपयोगप्रतिको कारबाही होस् वा आमनागरिकका दैनिकी सहज बनाइ सकारात्मक परिवर्तनको अनुभूतिबाट होस्, अब ढिलो गरिनुहुन्न।

प्रधानमन्त्री रोजगार जस्तो महत्वपूर्ण कार्यक्रम किन फितलो बनाइयो ? ज्याकेट र टोपी बनाउन लगाउनेदेखि त्यसको कार्यक्रम डिजाइन गर्नेसम्मलाई जवाफदेहिताको घेरामा उभ्याउँदै दोषीलाई कारबाही गर्न सकियो भने केही मात्रामा सकारात्मक सन्देश जाला।  त्यस्तै भ्रष्टाचार निवारणका कार्यलाई माथिबाट, कृषि क्रान्तिलाई तलबाट र यो सबको अनुगमन गर्न नागरिक समाजलाई वरिपरिबाट नियाल्न र रिपोर्ट गर्न दिइयो अनि त्यसका आधारमा कारबाही गरियो भने यसले पनि प्रधानमन्त्रीको छवि तिखार्ने काम केही हदसम्म गर्छ।  सबभन्दा महत्वपूर्ण, सरकारका हरेक निकायलाई नागरिकप्रति पूर्ण जिम्मेवार बनाइएको महसुस तुरुन्तै आमनागरिकले गर्न सके भने यसले निकै महŒवपूर्ण भूमिका खेल्न सक्छ।

प्रश्न उठ्छ– के यो सब गर्न सहज छ? पक्कै पनि छैन किनकि कुरा व्यक्तिको होइन, प्रवृत्तिको हो तर यो एउटा यस्तो अवसर हो जसले प्रधानमन्त्री ओलीलाई इतिहासमा सम्मानित स्थान दिलाउन सक्छ।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad