coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीलाई कम्युनिटी सिल्ड

लन्डन – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि चिर प्रतिद्वन्द्वी लिभरपुललाई निराश पार्दै आइतबार कम्युनिटी सिल्डको उपाधि जितेसँगेै आफ्नो टोलीले प्रतिष्ठाको लडाइँ जितेको बताएका छन्।

सिटीले आइतबार वेम्बलीमा सम्पन्न खेलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको थियो। सिटीले गत सिजन लिभरपुललाई मात्र १ अंकले पछि पार्दै प्रिमियर लिगको उपाधि रक्षा गरेको थियो। यस जितसँगै सिटीले सिजनको पहिलो भिडन्तमा बाजी मारेको हो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा भएपछि नतिजा पेनाल्टी सुटआउटमा लिइएको थियो।

१२औं मिनेटमा रहिम स्टर्लिङको गोलमा सिटी खेलमा अघि बढेको थियो। तर निर्धारित समय सकिन १३ मिनेट बाँकी हुँदा जोयल माटिपले लिभरपुललाई खेलमा फर्काएका थिए। सिटीले गत सिजन तेहेरो उपाधि जितेको थियो भने लिभरपुलले टोटनेह्यामलाई निराश पार्दै च्याम्पियन्स लिगको उपाधि जितेको थियो। पेनाल्टी सुटआउटमा लिभरपुलका मोहम्मद सालाह, एलेक्स ओक्सलेड चेम्बरलिन, एडम लालना र जार्दान साकिरीले गोल गरे भने जर्जिनो विज्नाल्डमको प्रहार विफल भएको थियो। सिटीका इल्के गुडोगान,ओलेक्सान्डर जेचिन्को, फिल फोडिन, बर्नाडो सिल्भा र ग्याब्रियल जिससले गोल गरे।

‘यहाँ अहिले इङ्लिस प्रिमियर लिगको उपाधि जित्न दुई प्रतिस्पर्धी मात्र छन्। हामी र लिभरपुल,’ ग्वार्डिओलाले भने, ‘हालै मात्र ह्यारी माग्युरीलाई भिœयाएको म्यानचेस्टर युनाइटेड,आर्सनल, चेल्सी र टोटेनह्यामले  पनि केही चुनौती दिन सक्छन्। माग्युरी उत्कृष्ट खेलाडी हुन्। हामीले उनलाई अनुबन्धनको प्रयास गरे पनि सफल भएनौं। सिजनको सुरुआतअघि ५ वा ६ टोली प्रतिस्पर्धीका रूपमा देखिन्छन्। बाँकी सिजनको सुरुआतपछि मात्र थाहा हुन्छ।’

‘हामी साबिकको विजेता हांै भने लिभरपुल च्याम्पियन्स लिग विजेता। त्यसैले हामी दुई नै बलियो प्रतिस्पर्धी हांै,’ ग्वार्डिओलाले थपे, ‘गत सिजन हामीलाई एक अंकले विजेता बनाएको थियो भने आज एक पेनाल्टीले।’लिभरपुलले शुक्रबार नर्विच सिटीविरुद्ध खेलसँगै नयाँ इङ्लिस प्रिमियर लिगको सुरुआत गर्नेछ भने सिटीले भने शनिबार वेस्ट ह्यामको सामना गर्नेछ।

लिभरपुल १९९० पछि पहिलो पटक प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यमा हुनेछ।‘हामी सक्दो प्रयास गर्नेछांै। खेलाडीमा उपाधिको भोक देखिन्छ। हामीले आज कडा प्रतिस्पर्धा ग¥यांै,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने, ‘हामी अझै सुधारिएको प्रदर्शन गर्दै उपाधि आफ्नो पक्षमा पार्न आतुर छौं।’ ‘हामी साबिकको विजेता हांै भने लिभरपुल च्याम्पियन्स लिग विजेता। त्यसैले हामी दुई नै बलियो प्रतिस्पर्धी हांै।’

प्रकाशित: २१ श्रावण २०७६ ०१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App