coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गुठी विधेयकबारे छलफल गर्न समिति

काठमाडौं – सरकारले हालै ल्याएको गुठी विधेयकका बारेमा गुठियारबीच संवाद गर्न एक कार्यसमिति गठन गरेको छ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न खलः तथा पुचः सम्मिलित बैठकले समितिको अध्यक्षमा डा. महेशमान श्रेष्ठ र उपाध्यक्षमा पवित्र बज्राचार्यलाई छनोट गरेको छ। 

समितिको सचिवालय हेर्ने जिम्मेवारी भने नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले पाएका छन्।  कार्यसमितिको सदस्यमा ललितपुरबाट नानीकाजी शाक्य, रवीन्द्र ताम्राकार, सबिना महर्जन, ऋषिप्रसाद श्रेष्ठ, भक्तपुरबाट श्याम शिल्पकार, शान्तप्रकाश श्रेष्ठ, टोखाबाट श्रीकृष्ण मानन्धर, फम्पी संघर्ष समितिबाट रोशन श्रेष्ठ र सक्व संघर्ष समितिबाट राजा श्रेष्ठ चयन भएका छन्।

  यस्तै खोना संघर्ष समितिबाट नेपाल डंगोल र अशोक महर्जन, कीर्तिपुरबाट श्रीकृष्ण महर्जन, काठमाडौंबाट राजभाइ जकःमि, नानीहेरा महर्जन, सुमन सायमी, रवीन्द्र श्रेष्ठ, गणपतिलाल श्रेष्ठ, सुजीव बज्राचार्य, उमेश स्थापित, भगवान् शाक्य, रमेशमान पिया र सुरेश किरण मानन्धर चयन भएका छन्।  समितिका सल्लाहकारमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, जनकवि दुर्गालाल श्रेष्ठ, हितकरवीरसिंह कंसाकार, मल्ल के सुन्दर, डा पुष्पराज राजकर्णिकार र चन्द्र महर्जन रहेका छन्।

प्रकाशित: २१ श्रावण २०७६ ०१:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App