coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भारतलाई शृंखला

फ्लोरिडा – ओपनर रोहित शर्माको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले आइतबार वर्षाले प्रभावित बनेको दोस्रो ट्वान्टी–२० खेलमा वेस्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिमा २२ रनले हराएको छ।

यसअघि शनिबार भएको पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो। यस जितसँगै भारतले ३ खेलको शृंखला २–० ले आफ्नो पक्षमा पारेको छ। भारतले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य पाए पनि वर्षाका कारण वेस्ट इन्डिजले १५.३ ओभरमा १ सय २१ रनको नयाँ लक्ष्य पाएको थियो। तर टोलीले निर्धारित १५.३ ओभरमा ४ विकेट गुमाउँदै ९८ रन मात्र जोड्न सक्यो। लगातार दोस्रो खेलमा पनि वेस्ट इन्डिजका ओपनर सुनिल नारिन र इर्बिन लुइस चल्न सकेनन्। वासिङ्टन सुन्दरको बलमा बोल्ड भएका नारिनले मात्र ४ रन जोड्दा रन खाता खोल्न नसकेका लुइस भुवनेश्वर कुमारको बलमा कट एन्ड बोल्ड भएका थिए।

८–२ को  स्थितिमा रहेको वेस्ट इन्डिजको इनिङ तेस्रो विकेटका लागि निकोलास पुरन र रोभमान पावेलले ७६ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरे पनि त्यो टोलीको जितका लागि पर्याप्त बनेन। आक्रामक ब्याटिङ गरेका पावेलले ३४ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५४ रनको योगदान गर्दा पुरनले ३४ बलमा १ चौकाको मद्दतमा १९ रन जोडे।

भारतका कुनाल पाण्डेयले २ तथा सुन्दर र भुवनेश्वरले समान एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६७ रनको योगफल तयार पारेको थियो। पहिलो विकेटका लागि ओपनर रोहित र शिखर धवनले ६७ रनको साझेदारी गर्दै भारतलाई गतिलो सुरुआत दिलाएका थिए। ५१ बल खेलका रोहितले ६ चौका र ३ छक्काको मद्दतमा ६७ रनको योगदान गरे भने धवनले १६ बलमा ३ चौका मद्दतमा २३ रन जोडे। रोहितले दोस्रो विकेटका लागि कप्तान विराट कोहलीसँग ४८ रनको साझेदारी गरेका थिए।  कोहलीले २३ बलमा समान १ चौका र छक्काको मद्दतमा २८ रन जोडे। कुनालले १३ बलमा २ छक्का मद्दतमा अविजित २० रनको योगदान गरे। वेस्ट इन्डिजका ओसानले थोमस र सेल्डन कोट्रेलले समान २ विकेट लिए भने किमो पाउलले १ विकेट लिए।

 

 

 

प्रकाशित: २१ श्रावण २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App