coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट हिनामिनाबारे झडप

वीरगन्ज – पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा राष्ट्रिय जनता पार्टीबाट निर्वाचित वडा अध्यक्ष सलमा खातुनका श्रीमान्ले हनिफ मियाँले इदगाह (मुस्लिमहरुको प्रर्थनास्थल) निर्माणमा अपारदर्शीता गरेको भन्दै स्थानीयले सवाल उठाएपछि सोमवार झडप भएको छ।  झौंवा चोकमा दुई पक्षबीच झडप भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडाध्यक्ष सलमाका श्रीमान् स्थानीय हनिफ अन्सारी र मकबुल राउत गद्दी समूहबीच बजेटको विषयमा विवाद हुँदा हनिफसहित ४ जना घाइते भएका छन।  घाइतेमध्ये समिम मिँया र नगिना खातुनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ।  अर्का घाइते हनिफको टाउकोमा र सहरुम राउत गद्दीको खुट्टामा चोट लागेको प्रहरी चौकी प्रसौनी भाठाले जानकारी दिए।

वडाध्यक्षले गर्ने काम सम्हाल्दै आएका सलमाका श्रीमान् हनिफले गाउँपालिकाबाट इदगाह निर्माणका लागि आठ लाख रुपैयाँ बजेट निकास गराएका छन।  यसअघि पनि इदगाह निर्माणको लागि अर्को नगद र निर्माण सामग्री प्राप्त रहे पनि एउटै कामको लागि दुईतिरको स्रोत खर्चेको स्थानीयको आरोप छ।  स्थानीयका अनुसार इदगाह निर्माणको लागि चुनावको समयमा वाचा गरेअनुसार सांसद हरिनारायण रौनियार (हाल निलम्बीत) ले इँटा र अन्य निर्माण सामग्री दिएका थिए।  यसका साथै इदगाह वरपर रहेका रुख बिक्री गरी साठी हजार रुपैयाँ आम्दनी भएको थियो।  त्यसलाई पनि इदगाह निर्माणमा खर्च गर्न भनिएको थियो।

यता गाउँपालिकाबाट समेत सोही कामको लागि अर्को बजेट निकासा भएको छ।  ‘स्थानीय मकबुल मिँयाले आज (सोमबार) छलफलको क्रममा इदगाह निर्माणको विषयमा सोधपुछ गर्दा हनिफले रिसाएर जवाफ फर्काएका थिए,’ गाउँपालिकाका स्थानीय चौरसियाले भने, ‘नराम्रो घट्ना हो निर्वाचित जनप्रतिनिधिले जनताले उठाएको सवालमा जवाफ दिनसक्नु पर्छ। ’ झडपपछि गाउाको अवस्था तनावग्रस्त छ।  सो ठाउँमा प्रहरी टोली खटाइएको स्थानीयले बताए।

प्रकाशित: २१ श्रावण २०७६ ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App