५ वैशाख २०८१ बुधबार
समाज

रुढी मान्यता तोड्दै मुस्लिम चेलीहरु विद्यालयतर्फ

रौतहटको राजपुर फरहदवा गाविस २ स्थित महमुदिया जामिया खादिजातुल कुब्रा मुस्लिम महिला विद्यालयमा अध्ययनरत मुस्लिम चेलीहरु। तस्बिरः मदन ठाकुर

रौतहट– छोरा सरह छोरीलाई पनि शिक्षित बनाउनु पर्ने भन्दै रौतहटका मुस्लिम समुदायका अगुवाहरुले छोेरीहरुलाई विद्यालय पठाउन थालेका छन्।

मुस्लिम धर्ममा छोरालाई बाहिर हिँडडुल गर्न सजिलै छुट दिए पनि छोरीलाई घरभित्रै बस्नु पर्ने बाध्यता छ। उदी छोरीवाहिर निस्कीनु पर्यो भने मुख छोपेर (बुर्का) लगाएर मात्रै घर बाहिर निस्कने चलनका कारण उक्त समुदायमा छोरीहरु शिक्षा पाउनबाट बंचित रहदै आएको थियो।

मुस्लिम समुदायमा छोरालाई खुकुलोपना रहे पनि छोरीमाथि अंकुश लगाउँदै घरमा मात्रै सिमित रहेर छोरीहरु दासत्व जीवन बिताउने जस्ता रुढी परमपराबाट ग्रसित रहेका मुस्लिम समुदायका अगुवाहरु शिक्षाको महत्व बुझेर आफ्नै लगानीमा एउटा विद्यालय खोलेर छोरा सरह छोरीलाई पनि विद्यालय पठाउन थालेका छन्।

शिक्षाको चेतना नभएका मुस्लीम समुदायमा छोरीलाई घरको काम धन्दा खटाउने चलन रहेको भए पनि बदँलिदो परिवेशमा शिक्षाको महत्व बुझेका मुस्लिम अगुवाहरु छोरीलाई पढाउनु पर्यो भनेर विद्यालय पठाएर छोरीको भविष्य सपार्ने कार्यमा जुटेको मुस्लिम अगुवा महम्द मक्शुद्ध आलम राँकीले बताए। छोरा र छोरीमा विभेद गर्न नहुने भन्दै अभिभावकले छोरा सरह छोरीलाई शिक्षित बनाउनु पर्ने उदेश्यले विद्यालय पठाउन थालेका छन्।

जिल्लाको पश्चिमी भेगको सबैभन्दा बढी मुस्लिम बमहुल्यता भएको राजपुर फरहदवा गाविस वडा नम्वर २ स्थित स्थानीहरुले आफ्नै लगानीमा जामिया खादिजातुल कुब्रा विद्यालयको पाँच वर्षअघि स्थापना गरेको थियो। यति खेर स्थानीय मात्रै होइन, छिमेकी जिल्ला बारा, पर्सा, महोत्तरी र सर्लाहीका सथसाथै सीमावर्ती भारत विहार राज्यअन्तर्गतको ढाका, मोतिहारी, सितामढीलगायत आसपासका मुस्लिम छात्राहरु निशुल्कः रुपमा उक्त विद्यालयमा अध्ययन गरिरहेको विद्यालयका प्रिन्सीपल महम्दकारी सहावुद्दिनले बताएका छन्।

“विद्यालयमा झण्डै चार सयभन्दा छात्राहरु अध्ययन गरिरहेको,” प्रिन्सीपल सहावुद्दिनले भने, “छात्रावासमा मात्र एक सय पचास छात्राहरु बस्ने गरेको छ।, “विद्यालयमा प्रमुख विषय उर्दू रहेपनि सरकारी विद्यालयमा पढाइने अनिवार्य विषय विज्ञान, नेपाली, अग्रँजीको समेत दक्ष शिक्षक रखेर खध्यापन गराइरहेको उनले बताए।
वैदेशिक रोजगारीमा रहेका युवाहरु तथा समुदायबाट संकलित रकमबाट विद्यालय सञ्चालन भइरहेको बताउँदै प्रिन्सिपल सहाबुद्दिनले नेपाल सरकार तथा जिल्ला शिक्षा कार्यालयलगायत अन्य कुनै स्थानवाट सहयोग भए अझ प्रभावकारी हुने बताए ।

बालिकाहरुलाइ पूर्ण सुरक्षित र व्यवस्थीत वातावरणमा विद्यालय शिक्षाको व्यवस्था भएपछि अभिभावकहरु पनि जागरुक भएको र बालिका शिक्षा प्रति आर्कषित भएको मुस्लिम अगुवा शेष वकिलले बताए।

विद्यालयमा जथाभावि कुनै पनि बाहिरी व्यक्तिको प्रवेश नहुने र आधारभूत शिक्षामा जोड दिने भएकोले पनि मुस्लिम बालिकाहरु शिक्षा प्रति आर्कषित भएको उनले बताए। सरकारले पनि मदरसामा बालिका पढाउने विद्यालयहरुलाई सहयोग गर्नु पर्ने तथा उर्दू भाषाको शिक्षामा लगानी गर्नुपर्ने आवश्यक्ता रहेको मुस्लीम अगुवाहरुको माग रहेको छ।

अभिभावकको निगरानीमा रहने मुस्लीम बालिकाहरुलाई अनुशासनमा रहेर व्यवहारिक ज्ञान मदरसामा सिकाएका हुन्छन्। आधुनिक सभ्यताभन्दा पनि आफ्नै धार्मिक र सामुदायीक जीवनशैलीमा रहने मुस्लीम बालिकाहरुको रौतहटका सरकारी विद्यालयमा समेत त्यती राम्रो उपस्थीती छैन। समुदाय बाहिरको विद्यालयमा उर्दू भाषा पढाइ नहुनु, भाषा र शैली नमिल्ने भएका कारण पनि बोर्डिङ्ग वा सामुदायीक विद्यालयमा मुस्लीम समुदायका सिमित छात्राहरु मात्रै अध्यनरत रहेको पाइन्छ।

 

प्रकाशित: २४ कार्तिक २०७३ १२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App