coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खुर्सानी र टोस्टको खोलमा लागुऔषध

बरामद लागुऔषध

भैरहवा– भैरहवा नाकाबाट प्राय दिनानुदिन लागुऔषध बरामद भइरहेको हुन्छ। कहिले शरीरमा लुकाएर खानतलासी गर्दा भेटिन्छ त  कहिले व्यागमा। सुरक्षा निकायले जति कडाई गरे पनि लागुऔषध तस्करहरुले नयाँनयाँ तरिकाबाट लागुऔषध भित्र्याइरहेका छन्। सोमबार बेलहिया नाकामा पनि लागुऔषधलाई नौलो तरिकाबाट तस्करी गदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बरामद गरेको छ।

बेलहिया भन्सार कार्यालय देखि करिब ३०० मिटर पूर्वतर्फ सशस्त्र प्रहरी वल नेपाल नं. ३८ गुल्म हेड क्वाटर राजश्व तथा भन्सार सुरक्षा गस्तीको टोलीले  झोलामा खुर्सानी तथा टोस्ट (रस्क) को पोका भित्र लुकाई छिपाइ गरी लागुऔषध बरामद गरेको हो।

सीमावर्ती भारतीय बजार सुनौलीबाट दशगजा क्षेत्रबाटै खेतको बाटो भएर नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरी नायब निरीक्षक तेज बहादुर जि.सी.को कमाण्डमा खटिएको टोलीले शंकास्पद लागेर झोला चेकजाच गर्दा दाङ्ग जिल्ला तुल्सीपुर उपमहानगरपालिका ५ ग लाईन बस्ने २५ वर्षीय उज्वल रिजालको साथबाट उक्त लागुऔषध बरामद गरेको हो।

बोराको झोलामा तल केही खुर्सानी राखी माथीबाट ४ वटा टोस्टको प्याकेटमा केही टोस्ट र लागु औषधलाई प्याक गरी ल्याउदै गरेको अवस्था उक्त लागु औषध वरामद गरेको हो। माथीबाट झट्ट हेर्दा टोस्ट र विस्कुट झै देखिने उक्त प्याकबाट नुफिन ५३  सि.सी., फेनरागन ५२ सि.सी. र डाईजापाम ५२  सि.सी. बरामद भएको छ।

पक्राउ परेका युवाले आफुलाई एक जना नचिनेको व्यक्तिले भैरहवाको बुद्धचोक सम्म ल्याइदिने भनेर दिइएको बताएका छन्। बरामद लागुऔषध र ओसारपसारमा संलग्नलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहिया बुझाइएको छ।

 

प्रकाशित: २० श्रावण २०७६ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App