६ वैशाख २०८१ बिहीबार
समाज

अज्ञात समुहद्वारा वडा कार्यालयमा आगजनी

मुगु–  जिल्लाको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडाको कार्यालयमा आगलागी भएको छ। आइतबार राति १२ बजे वडा कार्यालयमा आगलागी भएको हो।

राति भएकोे आगलागीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडाध्यक्ष लाल बहादुर मल्लले जानकारी दिए।

आगलागी कसले ग-यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको बताए वडाध्यक्ष मल्लले बताए।

आगलागीमा वडाकार्यालयसंगै रहेका वडा सचिब टंक बहादुर मल्लको स्टेशनरी पसल, पदम बुढाको  मोबाइल पसल, हरिकृष्ण दाहाल लगायत ५ जनाको घर जलेर नष्ट भएका छन। आगलागीबाट ५ करोड बराबरको क्षती भएको अध्यक्ष मल्लले बताए। आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकोे छ।

प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरी राती नै घटनास्थल पुगे पनि विस्तृत विवरण आई नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबावु रेग्मीले जानकारी दिए।

 

प्रकाशित: २० श्रावण २०७६ ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App