८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी र स्थानीय बीच झडप हुँदा एक घाइते

अर्घाखाँची- गुल्मीको रिडीमा गाउँपालिकाको केन्द्र माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ। झडपमा स्थानीय दिपक कंडेल घाइते भएका छन्। रुरु गाउँपालिकाको केन्द्र रिडीमा बनाउनुपर्ने माग गर्दै रिडी क्षेत्रका स्थानीय आन्दोलित बन्दै आएका छन्। स्थानीयले रिडिमा चक्काजाम गरेर आन्दोलन गरेका छन्। प्रहरीले चक्काजाम खुलाउन खोज्दा स्थानीय आक्रोसित बनेपछि झडप भएको हो। प्रहरीले भिड नियन्त्रण गर्नका लागि ६ राउण्ड अश्रुग्यास प्रहार गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए।

प्रकाशित: २४ कार्तिक २०७३ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App