coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘पाँच सय र हजारका भारु नोट उतै गएर पनि साट्न सकिन्छ’

काठमाडौं— नेपालीहरुसँग रहेको भारतीय रुपैयाँ पाँच सय र हजारका नोटको भविष्य के हुने भन्ने अन्यौल भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले भारतसँग कुटनीतिक च्यानलबाट छलफल अघि बढाएको छ।

राष्ट्रबैंकका अधिकारीहरुले आज बिहीबार यस विषयमा भारतीय दूतावासका अधिकारीसँग छलफल गरेका छन्। राष्ट्र बैंकले भारतीय रिजर्ब बैंकसँग पनि सम्पर्क गरेको छ।

भारत निर्भर अर्थतन्त्र, खुला सीमा र निर्धारित विनिमयदरका कारण नेपालमा खुलेआम भारतीय रुपैयाँ चल्ने गर्छ। हिजो बुधबार राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कालो धन नियन्त्रण गर्ने भन्दै पाँच सय र हजार रुपैयाँका नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए।

यसको प्रत्यक्ष असर नेपालमा परेको छ। ‘भारतले प्रतिबन्ध लगाएका नोट यहाँ हामीले चलाउने कुरा भएन। समस्या समाधानका लागि हामीले कुटनीतिक पहल सुरु गरिसकेका छौं’, विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगानाले नागरिकन्युजसँग भने, ‘हामी विकल्प खोजिरहेका छौं। भारत गएर पनि निर्धारित रकम साट्न सकिन्छ।’
 

प्रकाशित: २४ कार्तिक २०७३ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App