८ वैशाख २०८१ शनिबार
समाज

एउटा यस्तो गाउँ जहाँ वडा होइन, एकाइबाट कामकाज चल्छ

रोल्पा- नेपालका सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ विकास समितिले वडालाई आधार मानी विकास गतिविधि सञ्चालन गर्ने गर्दछन्।

तर रोल्पा जिल्लाको थवाङ गाविसमा भने वडाको सट्टा एकाइ नामाकरण गरी कामकाज हुने गरेको छ । गुजुमुज्ज बस्ती रहेको मगर गाउँ थवाङले वडा विभाजन अव्यावहारिक रहेको भन्दै एकाइको अवधारणाअनुसार कामकाज गर्ने गरेको छ ।

गाउँ परिषद्का लागि योजना तर्जुमा गर्दा होस् वा विकास बजेट विनियोजन गर्दा होस् एकाइलाई नै आधार मान्ने गरिन्छ । स्थानीयले वडा संरचनाभन्दा एकाइलाई सहजै बुझ्ने गरेको थवाङका रमिला रोकाले बताए।

गाविसमा नौ वटा वडा हुने भए पनि थवाङले भने १० वटा एकाइ बनाएको छ । हरेक एकाइमा निर्वाचन गरी प्रमुख समेत चुन्ने गरिन्छ । गाउँमा मुद्दा मामिला मिलाउने, विकासको योजना तर्जुमा गर्ने जस्ता काम तिनै प्रमुखको नेतृत्वमा हुने गर्दछ।

देशमै फरक ऐतिहासिक विशेषता बोकेको भन्दै थवाङलाई स्थानीय तह पुनःसंरचना गर्दा स्वायत्त क्षेत्रको रुपमा सिफारिस गरिएको छ। रासस

 

प्रकाशित: २४ कार्तिक २०७३ १०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App