coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार अभियुक्त १९ वर्षपछि पक्राउ

उदयपुर–    झण्डै १९ वर्षअघिदेखि फरार लागुऔषध र हातहतियार खजाना मुद्दाका अभियुक्त उदयपुरमा पक्राउ परेका छन्। २०५७ मंसिर २२ गते आठ किलो गाँजा र कटुवा पेस्तोलसहित पक्राउ परेका रौतामाई गाउँपालिका–६ का ५१ वर्षीय नीरबहादुर सार्की आइतबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

त्यसबेला गाँजा र तीन राउण्ड गोलीसहित कटुवा पेस्तोल बोकेको झोला प्रहरी देख्नेबित्तिकै फ्याँकेर भागेको आरोपमा खोजी सूचीमा रहेका सार्कीलाई विशेष सुराकीको आधारमा त्रियुगा नगरपालिका–८, शाहीखोलाबाट पक्राउ गरिएको हो। उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

प्रहरीले पछिल्लो केहीदिनयता फरार अभियुक्तहरू धमाधम पक्राउ गर्न सफल भइरहेको छ। १० दिनअघि प्रहरीले तीन वर्षअघि आप्mनै साथीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको थियो। सामान्य विवादमै झगडा भएपछि बन्चरो प्रहार गरी साथीको हत्या गरेर भागेका त्रियुगा नगरपालिका–५, श्रीपुरका होमबहादुर कार्की पक्राउ परेका थिए।

२०७३ मंसिर २४ गते सोही ठाउँका ३५ वर्षीय मोहन बुढाथोकीको हत्या गरेर भागेका कार्की वैदेशिक रोजगारीमा मलेसिया गएको खुलेपछि सरकारले २०७५ पुस २ गते रेडकर्नर नोटिस जारी गरेको थियो।  आफुविरुद्ध रेडकर्नर नोटिस जारी भएको जानकारी पाएलगत्तै नेपाल फर्केका उनी काठमाडौंमा केहीदिन लुकीछिपी बसेर उदयपुर आउँदै गर्दा उदयपुर र सप्तरीको सीमास्थल त्रियुगा नगरपालिका–६, लालपत्तास्थित प्रहरी चौकीले बसबाटै पक्राउ गरेको हो।

त्यसै गरी चार दिनअघि एक बालिकामाथि बलात्कार गरी फरार रहेका त्रियुगा नगरपालिका–१५, खाँबुका ५१ वर्षीय कृष्णबहादुर मगर पक्राउ परेका थिए। गत असार ५ गते घरमै बालिकामाथि जबरजस्ती गरी भाग्न सफल कृष्णलाई छिमेकी गाउँपालिका रौतामाई–७, नामन्तास्थित आफन्तको घरमा लुकीछिपी बसेको सुराकीका आधारमा टोली खटाएर पक्राउ गरिएको एसपी मगरले बताए।

यता दुईदिनअघि मात्र बलात्कारकै फरार अर्का अभियुक्त २० वर्षीय सञ्जय राउत पक्राउ परे। गत असार ४ गते १४ वर्षीया किशोरीलाई जबरजस्ती गरी भाग्न सफल त्रियुगा नगरपलिका–८, बगाहा बोकेढिकका राउतलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०५:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App