coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आइसिपीको काम ९५ प्रतिशत

विराटनगरमा निर्माणाधीन भन्सार जाँच चौकी। फाइल तस्बिर : नागरिक

विराटनगर – विराटनगरमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी ‘आइसिपी’ निर्माण अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आइसिपी निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनी दिनेशचन्द्र आर अग्रवाल इन्फाकन प्रालिका फाइनान्स म्यानेजर नारायणकुमार श्रेष्ठका अनुसार आइसिपीको भौतिक पूर्वाधारको काम पूरा हुने क्रममा छ। सडक र भवन निर्माण सकिएको छ। दुईवटा स्ट्रिल स्ट्रक्चरको गोदाम निर्माण भइरहेको छ।

भौतिक पूर्वाधारको काम द्रुत गतिमा भइरहेकाले चाँडै निर्माण सम्पन्न गर्ने कम्पनीको योजना छ। आइसिपीको प्राविधिक पक्षको काम पनि तीव्र गतिमा भइरहेको श्रेष्ठले जानकारी दिए। प्राविधिकतर्फ टेलिफोन, इन्टरनेटलगायत पूर्वाधार जडानको काम धमाधम भइरहेको छ। तर, विद्युत्को व्यवस्था हालसम्म नभएकाले काममा केही समस्या भइरहेको उनले बताए।

नेपाल विद्युत् प्राधिकरणले आइसिपीका लागि आवश्यक पर्ने विद्युत् लाइन जडान अझैसम्म गरेको छैन। प्राधिकरणले चाँडै आइसिपीका लागि आवश्यक विद्युत् लाइन जडान गर्ने आश्वासन भने दिएको छ। विभिन्न कारणले तोकिएको समयमा निर्माण सम्पन्न नभएका कारण भारत सरकारले चाँडो काम सक्न कम्पनीलाई दबाब दिइरहेको छ। यता आइसिपी निर्माणको मुख्य कन्सल्ट्यान्ट राइट्स इन्डियाका म्यानेजर नै आएर चा“डो काम सम्पन्न गरी हस्तान्तरण गर्न निर्देशनसमेत दिइसकेका छन्। अझै पनि धेरैजसो प्राविधिक काम बाँकी नै रहेका कारण काम सम्पन्न गर्न केहि समय अझै लाग्ने छ।

यसअघि पनि प्राविधिक काम सुरु गर्दा  समस्या आएको थियो। सन् २०१३ मा ठेकदार कम्पनीले टेन्डर गरेर खरिद गरेका इलेक्ट्रोनिक र प्राविधिक सामग्रीको मूल्य सूची परिवर्तन हु“दा  निर्माण कम्पनीले खरिद गरेका सामग्रीहरू भारततर्फ नै थन्किएका थिए । इलेक्ट्रिक र अन्य सामग्री नेपाल ल्याउन भन्सार अबरोध भएपछि प्राविधिकतर्फको काम सुरू गर्ने ढिलाइ भएको थियो। सन् २०१३ मा खरिद गरिएका सामान भएकाले सामानको मूल्य सूची परिवर्तन हुँदा खरिद गरिएका सामान नेपाल ल्याउन समस्या भएको थियो। आइसिपीको निर्माण सामग्री आयात गर्दा भन्सार छुट दिने नेपाल र भारतबीच सहमति भएको थियो।  भारत सरकारको सहयोगमा भन्सारलाई आधुनिकीकरण गर्ने उद्देश्यले विराटनगर १८ स्थित बुधनगरमा नेपाल र भारतको संयुक्त भन्सार जाँच चौकी निर्माण भइरहेको छ। भारततर्फको भन्सार निर्माण भइसके पनि नेपालतर्फ निर्माण सम्पन्न नहुँदा सञ्चालनमा आउन सकेको छैन।  विराटनगर–१८ बुधनगरस्थित एक सय २९ बिघा जग्गामा चौकी निर्माण भइरहेको छ। चौकी निर्माणका लागि एक अर्ब १४ करोड भारतीय रुपैया“ खर्च हुने अनुमान छ। जाँच चौकीसम्म जाने सडक गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ। हालसम्म आइसिपी निर्माणका लागि ९० करोड रुपैया“ भुक्तानी भइसकेको  म्यानेजर श्रेष्ठले जानकारी दिए।

एकीकृत भन्सार जाँच चौकीमा भन्सार जाँचपास  सम्बन्धी आवश्यक  ल्याब, क्वारेन्टाइन, बैंकलगायत सबै किसिमका पूर्वाधार हुनेछन्। यसबाट कारण आयात–निर्यातकर्ताले एकै स्थानबाट सहज रुपमा सेवा पाउन सक्ने छन्। यतिमात्र नभएर नेपाल र भारतबीच कृषि उपजको आयात–निर्यातमा बेलाबेला देखिने ल्याब परीक्षणको समस्या पनि एकीकृत जाँच चौकीको स्थापना भएपछि समाधान हुने व्यवसायीको अपेक्षा छ। आइसिपीको भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेस“गै आइसिपीको बाटो हुँदै नेपालबाट भारततर्फ जाने खालि ट्रक पठाउन थालिएको विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताए। उनका अनुसार केही समयपहिले लोड गरिएका सवारी साधन समेत परीक्षणका रुपमा आइसिपी हुँदै ल्याइए पनि अहिले आइसिपीको बाटो हु“दै खालि ट्रक मात्रै भारततर्फ पठाउने गरिएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App