coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एकै गाउँका दुई बालिकामाथि जबर्जस्ती करणी

उदयपुर- एकै गाउँका दुई बालिकामाथि जबर्जस्ती करणी भएको छ। जिल्लाको मध्यवर्ती गाविस रौता ९ का ११ र १३ वर्षीया दुई बालिकामाथि स्थानीय दुई युवाले जवरजस्ती गरेको भन्दै कारबाहीका लागि प्रहरी गुहारेको स्थानीयले बताएका छन्।

भाइ तिहारको राति गाउँमा देउसी भैलो खेल्ने क्रममा दुई बालिकालाई चतुरे भन्ने निरबहादुर विक र मोहन मस्राङ्गीले जवरजस्ती गरेको स्थानीय गाउँ बाल संरक्षण संवर्दन उपसमिति (भिसिपिपिसी) रौताले जनाएको छ।

बालिकामाथि जवरजस्ती गरेको कुरा भोलिपल्ट मात्रै थाहा पाएको र कारबाही गर्न खोज्दा युवाहरु भागिसकेको बताइएको छ। गाउँका केही अगुवाहरुले घटना सामसुम पार्न खोजे पनि सचेत स्थानीयले भिसिपिपिसीमार्फत कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेका छन्। भिसिपिपिसीका सचिव गीता केसीले दुवैमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी सुकौरामा पत्र लेखेपछि घटना सार्वजनिक भएको हो। कार्तिक १६ गतेको घटना भए पनि तिहारको कारण कार्यालय विदा भएकाले ४ दिनपछि मात्र कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ।

प्रकाशित: २४ कार्तिक २०७३ १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App