बिपी र त्रिपक्षीय सम्झौता

सोमबार, २० साउन २०७६, ०९ : ३७ रामनारायण देव

जननायक बिपी कोइरालाको राजनीतिक जीवनको प्रारम्भ भारतीय स्वतन्त्रता आन्दोलनबाट भएको थियो। बिपी भारतको प्रसिद्ध वनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत रहँदा नै अंग्रेजविरुद्ध भारतभर आन्दोलन चरम उत्कर्षमा पुग्न लागेको थियो। सर्वप्रथम बिपी महात्मा गान्धीद्वारा चलाइएको विदेशी वस्त्र बहिष्कार आन्दोलनमा सन् १९२० मा पक्राउ परी थुनिनुभएको थियो। त्यहाँबाट छुटेपछि पनि गान्धी तथा अन्य नेताद्वारा चलाइएको सत्याग्रह जस्ता आन्दोलनमा सहभागी हुँदा पटकपटक प्रहरी हिरासतमा पर्नुभयो। यसरी भारतीय नेताहरूसँगै स्वतन्त्रता आन्दोलनमा लाग्नुभएका बिपीको लोकप्रियता र ख्याति देशव्यापीरूपमा हुन थाल्यो। त्यसपछि उहाँको सम्पर्क सन् १९३४ तिर भारतका प्रसिद्ध समाजवादी (सोसलिस्ट) नेता आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, डा.राजेन्द्र प्रसाद तथा जवाहरलाल नेहरुसित हुन गयो।

भारतीय राष्ट्रिय कांग्रेसबीच फुटको लहर चल्यो। कांग्रेसबाट सोसलिस्ट नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहिया र आचार्य नरेन्द्र देवहरू बाहिरिए। भारतीय सोसलिस्ट कांग्रेस भन्ने पार्टी खोले। बिपीलाई त्यस पार्टीको महासचिव बनाइयो। सन् १९४२ इ.को ८ अगस्तका दिन बम्बईमा भारतीय राष्ट्रिय कांग्रेसको सम्मेलनमा महात्मा गान्धीले अंग्रेजविरुद्ध अन्तिम लडाइँ लड्ने प्रस्ताव पारित गरी ‘भारत छोड’ आन्दोलनलाई तीव्रता दिए। समस्त भारतीय जनतालाई ‘कि गर कि मर’ भन्ने नारासाथ अघि बढ्न आह्वान गरे।

त्यस आह्वानलाई शिरोधार्य गर्दै भारतीय जनता देशव्यापी आन्लोलनमा उत्रे। यसमा खासगरी कांग्रेस सोसलिस्ट पार्टीका नेताहरू जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अच्युत पट्टवद्र्धनहरूले आन्दोलनको नेतृत्व गर्नुभएको थियो। अंग्रेज शासकले सबै प्रमुख नेतालाई पक्राउ गरी विभिन्न जेलमा राखे। बिपी कोइरालालाई सर्वप्रथम पटनाको बाँकीपुर जेलमा डा. राजेन्द्र प्रसादहरूसँगै राखियो। डा. राजेन्द्र प्रसादले त भारत स्वतन्त्र भएपछि प्रथम राष्ट्रपति बन्ने सौभाग्यसमेत पाउनुभएको थियो। पछि बिपीलाई हजारीवाग जेलमा सारियो जहाँ उहाँका अभिन्न मित्र जयप्रकाश नारायण, डा.राममनोहर लोहियाहरू थिए।

केही महिनापछि जयप्रकाश नारायण र डा. लोहियाहरू हजारीवाग जेल तोडेर भूमिगतरूपमा नेपालको सप्तरी आए जहाँ तत्कालीन राणा शासकले हनुमाननगर जेलमा थुनेका थिए। पछि सप्तरीबासीहरूले ती भारतीय नेताहरूलाई जेल तोडेर निकालेका थिए।

यसरी बिपी कोइराला भारतीय नेताहरूसँगै काँधमा काँध मिलाइ भारतीय स्वतन्त्रता आन्दोलनमा सहभागी हुनुभएको थियो। भारत स्वतन्त्र भएपछि आफ्नो मातृभूमि नेपालमा निरंकुश जहानिया राणा शासन देखेर उहाँले राणाको निरंकुशताविरुद्ध लड्ने अठोट गर्नुभयो। त्यसअनुरूप नेपाली कांग्रेसको नेतृत्वमा २००७ सालमा जनक्रान्ति गरी एक शताब्दीको निरंकुश राणातन्त्रलाई धराशायी तुल्याइ प्रजातन्त्र स्थापना गर्न सफल हुनुभयो। २००७ सालको जनक्रान्तिमा बिपीले भारतीय नेता जयप्रकाश नारायण र डा. लोहियासित सहयोग लिनुभएको थियो।

बर्माबाट हतियार ल्याउनदेखि अन्य किसिमका सहयोग पनि गरेका थिए उनीहरूले। यता नेपाली कांग्रेसको जनक्रान्तिलाई साथ दिइ राजा त्रिभुवन दरवार छाडी नयाँ दिल्ली पुग्नुभयो। भारतीय प्रधानमन्त्री पं.जवाहरलाल नेहरुले राजा त्रिभुवनलाई ठूलो सत्कार गरी अतिविशिष्ट व्यक्तित्वका रूपमा हैदरावाद हाउसमा आतिथ्य प्रदान गर्नुभयो। जनक्रान्ति उत्कर्षमा पुगेकाले राणा, कांग्रेस र राजाबीच सम्झौताका कुरा उठे। सम्झौताको विषयमा नेहरु र बिपीबीच कुरा मिलेन। नेहरु आफ्नै ढंगले मध्यस्थता गरी जनक्रान्तिलाई सम्झौतामा टुङ्गयाउन चाहनुहुन्थ्यो भने बिपी पनि आफ्नै ढंगले टुङ्गयाउन चाहने। बिपीले तीनै पक्षलाई एउटै टेबुलमा बसाएर सम्झौता गर्न चाहनुभयो। तर नेहरु भने आफैँ तीनै पक्षसित अलग अलग कुरा गरेर सम्झौता गर्ने चाहना राख्ने। तर नेहरु त्यहाँ शक्तिशाली थिए। राजा त्रिभुवन र राणा शासक मोहनशमशेरहरूले नेहरुलाई नै प्राथमिकता दिन्थे। यसरी अन्त्यमा नेहरुकै रणनीतिअनुसार २००७ सालको जनक्रान्ति समाप्त भई त्रिपक्षीय सम्झौताको नामबाट टुङ्गाइयो।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad