७ वैशाख २०८१ शुक्रबार
अर्थ

पाँच सय र हजारका नोट नचल्ने भएपछि सीमावर्ती बजारमा तनाव

महोत्तरी- भारत सरकारले ५ सय र एक हजार दरको नोट कारोबारमा प्रतिबन्ध लगाएपछि महोत्तरीको सिमावर्ती बजारमा तनाव उत्पन्न भएको छ।  

महोत्तरीका अधिंकास सर्वसाधारण खाद्यान्नदेखि लत्ताकपडा लगायत अत्यावश्यक सामग्री खरिद गर्न सीमावर्ती बजारमा जाने गर्थे। सीमावर्ती बजारमा भारतीय ५ सय र हजारको नोट नचल्ने भएपछि सीमावर्ती अधिंकास ठाउँका सर्वसाधारणमा खलवली मच्चेको जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साहले बताए।

सीमावर्ती बजारहरुमा भारतीय रुपैंयाँको सुल्क लिएर कारोवार गर्ने व्यापारिहरु भने भारत सरकारको उक्त निर्णयबाट छांगाबाट खसे झै भएको संघका अध्यक्ष साहले बताए।

पहिले देखि नै भारतीय रुपैंयाँको अभाव भई रहेको सीमावर्ती क्षेत्रमा भारत सरकारको यो निर्णयले अप्ठेरो पार्ने उनको भनाई छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै राती १२ वजे देखि पाँच सय र हजारको नोटको कारोबारमा प्रतिवन्ध लगाएको घोषणा गरे लगत्तै बुधबार विहानै देखि महोत्तरीको सिमासंगै जोडिएको सिमावर्ती बजार भिटामोड ,सुरसण्ड , मधवापुर , कन्हमा , सितामढी , मधुवनी , साहरघाट लगायतका बजार क्षेत्रका व्यावासायीहरुले नोट लिन छाडेपछि अत्यावश्यक सामग्री खरिद गर्न गएका सर्वसाधारणहरु रित्तो हात घर फर्किन बाध्य भएका छन्।

 साथमा भएका पाँच सयको नोट कहाँ गएर साट्ने कुनै व्यवस्था नहुँदा मर्कामा परेको भटौलिया ५ का स्थानीय प्रविण कर्णले बताए।

यसैबीच महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ताले भारत सरकारको उक्त निर्णयबाट नेपाली बजारको व्यापार व्यवसाय पनि प्रभावित भएको बताए।

प्रकाशित: २४ कार्तिक २०७३ ०९:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App