काठमाडौं – सहित्यकार राजन मुकारुङको कविता संग्रह ‘हाटा जाने अघिल्लो रात’ सार्वजनिक भएको छ। शुक्रबार मन्डला थिएटरमा आयोजित कार्यक्रममा अभिनेता दयाहाङ राई, यज्ञश र कैलाश राईले संयुक्त रूपमा कविता संग्रह विमोचन गरेका थिए।
कार्यक्रममा संग्रहको समिक्षा गर्दै कैलाश राईले कविताले सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्ष उठाएको बताएका थिए। ‘यस कविता संग्रहले नेपालको सामाजिक कथा, वर्ग, पहिचान र विद्रोहको पक्षलाई उठाएको छ। मदन पुरस्कार विजेता मुकारुङको यस संग्रहले राज्यसत्तालाई प्रश्न गरेको छ,’ उनले भने। साहित्यकार मुकारुङले ‘सत्ताभोगी’ लाई प्रश्न गर्न कविता संग्रह निकालेको बताए। संग्रहमा समाज र राजनीतिसँग सम्बन्धित ३९ कविता छन्।
प्रकाशित: २० श्रावण २०७६ ०३:१२ सोमबार