७ वैशाख २०८१ शुक्रबार
समाज

त्रिशूलीमा ट्रक खस्यो

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ को जलविरेमा ट्रक दुर्घटना भएको छ। विरगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक आफै अनियन्त्रित भएर बिहान २ः३० बजे त्रिशुली नदिमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । ट्रकका चालक सर्लाहीको चकरघट्टा गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षिय मुकेश चौधरी हाम फालेर बँचेका छन् । उनी सकुशल रहेका छन् । ट्रकमा चालक मात्र रहेको कोइराला बताउँछन् । बेपत्ता भएको ट्रकको खोजी कार्य भैरहेको छ ।

प्रकाशित: २० श्रावण २०७६ ०३:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App