८ वैशाख २०८१ शनिबार
खेल

कीर्तिमानी रकमबाट युनाइटेडमा म्यागुरी

लन्डन – म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीका इङ्लिस रक्षक ह्यारी म्याग्युरीलाई कीर्तिमानी ८० मिलियन युरोमा अनुबन्धन गर्ने भएको छ।

२६ वर्षे म्याग्युरीले यसै साता युनाइटेडमा स्वास्थ्य परीक्षण गर्ने बताइएको छ। नयाँ सिजनका लागि युनाइटेड भित्रने म्याग्युरी तेस्रा खेलाडी हुनेछन्। यसअघि युनाइटेडले क्रिस्टल प्यालेसका एरोन वान विस्साका र स्वान्सीका डेयानियल जेम्सलाई अनुबन्धन गरिसकेको छ।

‘हामीले म्याग्युरीलाई युनाइटेडमा सरुवा गर्ने रकममा सहमति गरिसकेका छांै। अन्य केही पक्षमा छलफल जारी छ,’ लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्सले भने, ‘ह्यारीको स्वास्थ्य परीक्षण बाँकी नै छ। उनी उत्कृष्ट खेलाडी हुन्।’

२०१७ मा हल सिटीबाट लेस्टरमा अनुबन्धित म्याग्युरीले क्लबबाट इङ्लिस प्रिमियर लिगका ६९ खेल खेलेका छन्। यस सम्झौतासँगै म्याग्युरी विश्वका सर्वाधिक महँगा रक्षक बन्नेछन्। यसअघि २०१८ मा लिभरपुलले साउथह्याम्पटनका भर्जिल भान डिजिकलाई कीर्तिमानी ७५ मिलियन युरोमा अनुबन्धन गरेको थियो।

 

प्रकाशित: २० श्रावण २०७६ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App