coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लखन्देही खोलामा अवैध उत्खनन

पूर्व–पश्चिम राजमार्गदेखि केही दक्षिण लखन्देही खोलाबाट शनिबार बालुवा निकालिरहेका ट्र्याक्टर। तस्बिर: टंक/नागरिक

सर्लाही - जिल्लाको लखन्देही खोलामा नदीजन्य पदार्थको अवैध उत्खनन जारी छ।  सरकारले असारदेखि भदौसम्म नदी वा खोलाबाट नदीजन्य पदार्थ निकाल्न प्रतिबन्ध लगाए पनि लखन्देही खोलामा भने गिटीबालुवा निकाल्ने क्रम निरन्तर भइरहेको छ।  दिनहुँ दर्जनौं ट्र्याक्टरबाट गिटीबालुवा अवैध निकासी भइरहे पनि सम्बन्धित नगरपालिका कार्यालय तथा स्थानीय प्रहरी प्रशासन मौन छन्।  पूर्व–पश्चिम राजमार्गस्थित पुल उत्तर र दक्षिणस्थित खोलाबाट ट्र्याक्टरमा बालुवा लोड भइरहेको दृष्य बग्रेल्ती देखिन्छ।

नगरपालिका कार्यालयको नेतृत्व तथा स्थानीय प्रहरी प्रशासनकै मिलेमतोमा खोलाबाट अवैध रुपमा गिटीबालुवा निकासी भइरहेको जानकार बताउँछन्।  ‘दिनको दर्जनौं ट्र्याक्टरबाट बालुवा निकासी भइरहेको छ’, एक स्थानीयले भने, ‘नगरपालिका कार्यालयका राजनीतिक एवं प्रशासनिक अधिकारी तथा प्रहरी प्रशासनको आड नपाए कसैले यसरी गिटीबालुवा निकाल्न सक्छ् ?’ निर्माण कार्यका लागि बालुवा ढुवानी गर्ने व्यवसायीले नगरपालिका कार्यालय र प्रहरी प्रशासनलाई मिलाएर बालुवाको अवैध तस्करी गरिरहेको स्थानीयको आरोप छ।

लखन्देही खोला सिमाना पर्ने लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले असार, साउन र भदौमा खोलाबाट कुनै पनि किसिमका नदीजन्य पदार्थ निकाल्न नपाइने र त्यस्तो गरेको पाइए कान्नी कारबाही गरिने बताए।  लखन्देही खोलामा त प्रारम्भिक वातावरण परिक्षण (आइई) नै नभएको र उक्त काम भएपछि हरिवन नगरपालिकाको समेत सीमा क्षेत्र भएकाले दुवै नगरपालिका सल्लाह गरेर ठेक्का प्रक्रिया अगाडि बढाइने बताए।
त्यस्तै हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले पनि लखन्देही खोलामा आइई गरेपछि मात्रै दुवै नगरपालिकाका पदाधिकारीबीच सल्लाह गरेर ठेक्का प्रक्रिया अगाडि बढाइने जानकारी दिए।  हाल खोलाबाट बालुवागिटी निकाल्न प्रतिबन्ध रहेको उनलेल बताए।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले असारदेखि तीन महिनासम्म नदी वा खोलाबाट कुनै पनि पदार्थ निकाल्न नपाइने बताए।  ‘पछिल्लो कानुन अनुसार नदी एवं खोलाको व्यवस्थापन र संरक्षण गर्ने प्रमुख जिम्मेवारी स्थानीय तहकै रहन्छ, हामीले त स्थानीय तहबाट आग्रह भएपछि सहयोग गर्ने मात्र हो’, प्रजिअ जिसीले भने, ‘तैपनि म तुरुन्तै बुभ्mछु।’

प्रकाशित: २० श्रावण २०७६ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App