coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्कुल बस दुर्घटना १७ विद्यार्थी घाइते

भीमदत्तनगर-कञ्चनपुरको झलारीपिपलाडी–११ कलुवापुरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा १७ विद्यार्थी घाइते भएका छन् ।

झलारी बजारमा रहेको चन्द्रसूर्य बोर्डिङ स्कुलको म.१ ख ६०७ नं को स्कुल बस कलुवापुरमा ट्रिपरलाई साइड दिने क्रममा दुर्घटना भएको बताइएको छ । बस दुर्घटनामा परी विद्यालयका प्रिन्सिपल रञ्जीत चन्दसहित १७ जना विद्यार्थी घाइते भएको झलारीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको झलारीस्थित मेडिकल तथा क्लिनिकहरुमा उपचार भइरहेको र गम्भीर घाइतेलाई अन्यत्र उपचारका लागि लैजाने तयारी गरिएको छ । दुर्घटनालगत्तै बस चालक भने फरार भएका छन् । रासस

प्रकाशित: २४ कार्तिक २०७३ ०६:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App