८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

२३ अर्ब क्युबिक मिटर ग्यास आपूर्ति

उरुम्क्वी – चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ ।

यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ । मध्यएसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो ।

गत जुन ३० तारिखसम्म यस पाइपलाइनबाट कूल २७७ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस ग्यास आपूर्तिबाट चीनका २७ वटा प्रान्तका ५० करोडभन्दा बढी मानिसलाई लाभ पुगेको छ ।

 

 

प्रकाशित: २० श्रावण २०७६ ०१:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App