coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अधिकांश युवाको रोजाई आफ्नै गृहनगर

बेइजिङ – चीनका अधिकांश युवाले जागिरका लागि आफ्नै गृहनगर रोज्ने गरेको पाइएको छ।पछिल्लो एक सर्वेक्षणले गृहनगर रोज्ने युवाको संख्यामा वृद्धि भएको देखाएको ‘चाइना युथ डेली’ले लेखेको छ।

कुल एक हजार ९ सय ७३ युवा सहभागी गराईको सर्वेक्षणमा ८७.९ प्रतिशत युवाले आफू आफ्नै गाउँ ठाउँमा काम गर्न चाहेको जबाफ दिएका थिए। उनीहरुमध्ये ५६.५ प्रतिशत युवाले आफ्नो ठाउँको तीव्र विकासका लागि आफ्नै ठाउँ जान चाहेको सर्वेक्षणमा उल्लेख छ।

चीनको रेन्मिन विश्वविद्यालयका प्राध्यापक लिन छिङ्कीले आफ्नै ठाउँमा काम गर्न पाएका युवामा थप उत्सुकता, सक्रियता र सृजनात्मकता देखिएको बताइन्। त्यसैगरी आफ्ना वृद्ध बुवाआमालाई सहयोग गर्ने उद्देश्यले पनि उनीहरुले आफ्नै गाउँ ठाउँ रोज्ने गरेको सर्वेक्षणकर्ताको भनाइ छ।

 

प्रकाशित: २० श्रावण २०७६ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App