७ वैशाख २०८१ शुक्रबार
समाज

दोलखाको पहिरोमा हराएका भेटिएनन्

दोलखा– शुक्रबार राती दोलखाको जुँगुमा गएको पहिरोमा हराइरहेका दुई स्थानीय आइतबार साँझसम्म फेला पर्न सकेका छैनन्। 
शुक्रबार मध्यरातमा गौरीशंकर गाउँपालिकाको जुँगुमा गएको पहिरोमा हराइरहेका ५५ बर्षिया जगतबहादुर खत्री र १८ बर्षका किशोर निशान खड्कालाई पहिरो क्षेत्रमा दुई दिन देखी खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन्। 

प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार पहिरोमा परी वेपत्ता भएका खत्री र खड्काको खोजीका लागी नेपाली सेनाको तारादल गण चरिको ब्यारेकका गणपति निखिल कुँवरको कमाण्डमा खटिएको टोलीले दुई दिन यता निरन्तर खोजी कार्य जारी राखेको भए पनि उनीहरु फेला पर्न सकेका छैनन्। ‘दुई ओटा स्कावेटर प्रयोग गरेर पहिरो पन्छाउँदै सेनाको टोलीले प्रहरी र स्थानियको सहयोगमा निरन्तर खोजी जारी राखेको छ’, प्रजिअ रिजालले भने। उनका अनुसार आइतबार दिनभर पहिरो क्षेत्रमा दुवै स्काभेटरले ढुंगा र माटो पन्छाउँदै वेपत्ताहरुको खोजविन गरेको थियो। खोजी कार्य निरन्तर जारी रहेको रिजालले बताए। 

जुँगु गाउँस्थित च्वांसेघारीको भिरबाट खसेको पहिरोका कारण ८० घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रजिअ रिजालका अनुसार बिस्थापित भएका १ सय ८७ जना पीडितलाई स्थानीय निलकण्ठेश्वर मावि, जनउपकार सहकारी र यार्सा प्राविको भवनमा ब्यबस्थापन गरिएको रिजालले जानकारी दिए। ‘१ सय ५ जनालाई निलकण्ठेश्वर, ४७ जनालाई जनउपकार र ३५ जनालाई यार्सा प्राविको भवनमा राखिएको छ’, उनले भने। पीडितलाई शनिबार वैत्येश्वर गाउँपालिका र गौरीशंकर गाउँपालिकाले खाद्यान्न व्यवस्थापन गरेको छ भने आइतबार जिरी नगरपालिकाले ५५ हजार रुपैंया बराबरको खाद्यान्न पठाएको छ। 

प्रकाशित: १९ श्रावण २०७६ १६:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App