coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विपी प्रतिष्ठानमा भ्रष्टाचारः उपकुलपतिविरुद्ध बिशेष अदालतमा मुद्दा दायर

धरान– घुस लिएको रकमसहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति र उनका भतिजविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारको मुद्दा दायर गरेको छ। 

अख्तियारले आइतबार उपकुलपति प्राडा राजकुमार रौनियार र उनका भतिजा डा.रामहरि रौनियारविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले उपकुलपति डा.रौनियारलाई १ करोड २८ लाख बिगो मागदाबी गरेको छ भने उनका भतिज डा.रामहरि मतियारको रुपमा रहेको भन्दै ८ लाख विगो मागदाबी गरेको जनाएको छ। अख्तियारले प्रतिष्ठानको होस्टेल र फार्मेसी भवन निर्माणको ठेकेदार कम्पनीसँग पटक पटक घुस एवं कमिशन लिएको दाबी गर्दै आरोप पत्र दायर गरेको हो। अख्तियारले प्रतिष्ठानको होष्टेल र फार्मेसी भवन निर्माणको ठेकेदार कम्पनीसँग पटक पटक घुस एवं कमिशन लिएको दाबी गर्दै आरोप पत्र दायर गरेको हो। ‘बिशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेका छौं’, आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने।

बिशेष अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता पुष्पराज पाण्डेयका अनुसार समय अभावको कारण आइतबार उपकुलपति रौनियारको वयान लिएर थुनछेक बहस गर्न नपाएको कारण पुनः थुनामा नै पठाइएको छ। ‘समय अभाव भयो, त्यसैले मुद्दा दर्ता भएपनि वयान लिने र थुनछेक वहस गर्ने समय भएन,’ प्रवक्ता पाण्डेयले भने, ‘भोलि सोमबार वयान लिने र थुनछेक बहस हुन्छ। आज थुनामा नै पठाइयो।’ अख्तियारले गत असार २६ गते प्रतिष्ठानका उपकुलपति डा.रौनियार र उनका भतिज डा.रामहरिलाई कमिशन वापतको ८ लाख घुससहित रंगेहात पक्राउ गरेको थियो। त्यसयता दुवै अख्तियारको हिरासतमा छन्। 

अख्तियारका अनुसार रौनियारले पटक पटक गरी १ करोड २८ लाख कमिशन वापत घुस लिएको पुष्टि भएको जनाएको छ। अख्तियारका अनुसार ठेकेदार कम्पनी श्याम सुन्दर निर्माण सेवा प्रालिको सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिसँग पटक पटक रौनियारले कमिशन वापत घुस लिएका थिए। गिना कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा उपकुलपति रौनियारले कमिशनवापत घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ। 

यस्तै, डा.रौनियारका भतिज रामहरिलाई पनि मतियारकोरुपमा भुमिका निर्वाह गरेको भन्दै अख्तियारले ८ लाख बिगो कायम गरी सोही अनुसार कैद तथा जरिवाना माग गर्दै मुद्दा दायर गरेको हो। उपकुलपति रौनियारले पटक पटक कमिसन बापत ठेकेदार झासँग घुस रिसवत लिएको भनेर अडियो भिडियोसहितको उजुरी परेको अख्तियारले जनाएको छ। असार १६ गते परेको उजुरी माथि अनुसन्धान गरिरहेको आयोगले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि झासँग ८ लाख कमिशन मागेको प्रमाण असार २५ गते आयोगमा पेश गरेका थिए। थप प्रमाणसहित उजुरी आयोगमा पुगेपछि धरान पुगेको अख्तियार टोलीले असार २६ गते झासँग लिएको ८ लाख कमिसनवापतको घुससहित उपकुलपति र उनका भतिजलाई पक्राउ गरेको थियो। 

प्रकाशित: १९ श्रावण २०७६ १५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App