श्रीमतीको हत्या आरोपमा पक्राउ

आइतबार, १९ साउन २०७६, १९ : ५९ नागरिक

राैतहट–श्रीमतीको हत्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको हत्या गरेको माइती पक्षको भनाइ छ।

दाइजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष, ससुरा राजेन्द्र साह सोनार र सासू प्रमिला देवीले घाँटी थिची हत्या गरेको माइती पक्षको आरोप छ। विसं २०७३ पुस १३ गते बेलुका श्रीमान्, ससुरा र सासू मिलेर घाँटी थिची हत्या गरेको तर उनीहरुले घटनालाई आत्महत्या बनाउन बुहारी लालमुनी सुत्ने कोठाको पङ्खामा साडीको पासो लगाई नाटक गरेको भन्दै माइती पक्षले प्रहरीमा उजुरी दिएको थियो।

आत्महत्या गरी लालमुनी गम्भीर घाइते भएको भन्दै गाउँलेलाई नै खबर नगरी उपचारका लागी वीरगञ्जतर्फ लैजानुले घटना रहस्यमय रहेको भन्दै भारत विहार जटौलिया–१२ बस्ने ५० वर्षीया किशोरी साहले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा ससुरा राजेन्द्र पक्राउ परे पनि अन्य दुई जना फरार रहेकामा सन्तोषलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको बेलबारीमा लुकेर बसेको अवस्थामा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका सन्तोषलाई आवश्यक अनुसन्धानपश्चात् जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad