धेरै बकबक गरे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी

आइतबार, १९ साउन २०७६, १९ : ५९ अनिल भण्डारी

सिन्धुली– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुनबाट निकाल्न सक्ने चेनावनी दिएका छन्। हिजो शनिबार मात्रै दुबइ भ्रमण गरेर स्वदेश फर्किएका दाहालले आइतबार रामेछापको खाडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने खैरेनीघाटस्थित सुनकोसी नदीमा नव निर्मित पक्की पुलको उद्घाटन गर्दै यस्तो बताएका हुन्। 

दाहालले राजाका दलालहरुले बकवास गर्न थालेको बताएका छन्। हिजोका राजा महाराजाका दलालहरुले संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्धमा बकवास गर्न थालेका छन्, उनले भने ‘दुई चार दिन यता राजा महाराजाका पालामा मन्त्री भएकाहरुले संघीय लोकतान्त्रिक गणतन्त्रकाविरुद्धमा बकवास कुरा गर्दै हिडेका छन्।

हजारौ नेपालीहरुले ल्याएको गणतन्त्र रक्षा गर्न अझै लाखौं नेपालीले बलिदान दिनसमेत तयार हुने उनले बताए। ‘व्यवस्थानै परिवर्तन गर्छौ भनेर बकवास गर्नेहरुले बोली बन्द गरे हुन्छ, दाहालले भने, हामी भन्न चाहन्छौ, बकबास गर्नेको अझै थोरै समय बाँकी छ अब बुद्धि फिराएर जनतासँग मिलेर जनताले ल्याएको व्यवस्थालाई आत्मासाथ गरेर अगाडी बढ्न म सुझाव दिन चाहन्छु, आज मैले यतिमात्रै भनेको छु। दाहालले भने ‘मलाई अझै बढी भन्नुपर्ने बनाउने छैनौ भन्ने विश्वाससमेत लिएको छु, तपाइँहरुलाई अचम्म लाग्यो होला आज प्रचण्डले किन यस्तो भने भनेर तर हिजोका राजाले निरंकुशता लादेको समयमा भएका केहि मन्त्रीहरुले सरकार फेर्ने होइन सिस्टमनै फेर्ने बेला आयो भनेर भनेको सुनेपछि थोरै सुझाव दिएको हुँ’, उनले भने।

अध्यक्ष दाहालले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरे। राजा महाराजाका दलालहरुले फेरि दिवा सपना देख्दै सजिलै यो गणतन्त्र उल्टाउन सकिन्छ भन्ने बकवास होहल्ला फैलाउन थालेको  उनको आरोप थियो। अध्यक्ष दाहालले राजा महाराजाका दलालहरुले देशभर पैदा भएको विकास निर्माणको गतिलाई रोकेर फेरि पनि एक पटक देशलाई निरङकुशताको जातोमा पिस्ने दिवा सपना देखेको भन्दै त्यो सपना नेपाली जनताले पुरा हुन नदिने बताए। शक्तिशाली कम्युनिष्ट पार्टी, कम्युनिष्ट सरकारलाई दुई तिहाईको बहुमत पहिलेका राजा महाराजा, कांग्रेसले दिएको अवसर नभई जनताका भरोसा, विश्वास र मायाले दिलाएको अध्यक्ष दाहालको भनाई छ। आफुले पनि देशको छिटो विकास गर्न चाहेको तर भनेको जस्तो विकास हुन नसक्दा नेताहरुमा पनि चिन्ता रहेको भन्दै अध्यक्ष दाहालले सरकारको डेढ बर्ष आवश्यक कानुनहरु निर्माणको समय भएकाले यसलाई आधार वर्षको रुपमा लिएर विकास निर्माणमा सरकार जुटेको दाबी गरे। सरकारले सडक पुल निर्माणमा प्राथमिकता राखेको भन्दै उनले तिब्र गतिमा विकास निर्माण हुदै गएको बताए।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad