coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

वर्ल्ड फ्रेन्डसिप डेः साथीकै कारण बनेको थियोे एप्पल र फेसबुक

सारा विश्वले ‘फ्रेन्डसिप डे’ मनाइरहेका बेला तीन वटा कम्पनी, जसले मानव जगतमा ठूलो योगदान दियो। ती कम्पनीको सफलतामा साथीहरुको कथा लुकेको छ। साथीका कारणले कम्पनीका मालिकले सफलता हासिल गरे। कम्पनीले यति धेरै सफलता पाउँला भनेर साथीहरुले समेत सोचेका थिएनन्।

१.कफी सपमा बसेर दुई साथीले बनाए वाट्सऐप ।
वाट्सएप मार्क जुकरबर्गको फेसबुकको हिस्सा भएपनि यसलाई दुई साथी जेन कूम र ब्रमयन एक्टनले बनाएका थिए। यो समयमा यी साथीहरुले याहु जस्तो चर्चीत कम्पनीको जागिर छाडेका थिए। त्यसपछि उनीहरुले फेसबुकमा जागिरको लागि दरखास्त दिए तर त्यहाँबाट भने उनीहरुलाई रिजेक्ट गरियो। कूम र एक्टनको सर्वप्रथम भेट १९९७ मा सैन जोस नामको विश्वविद्यालयमा भएको थियो। सन् २००० मा जब कूमकी आमाको मृत्यु भयो र उनी एक्लै हुनपुगे। यस्तो हालतमा एक्टनले उनलाई साथ दिए। दुई जना कफी सपमा बसेर एउटा ऐप बनाउनेबारे सोच्ने गर्दथे। जसबाट ऐपको स्टेटसद्धारा व्यत्तिको कृयाकलाप पत्ता लगाउन सहज होस्। त्यसपछि एप बनाएर ('what's up) नाम राखे। 

२.तीन जना साथीले बनाए विश्वको सबैभन्दा ठूलो टेक कम्पनी एप्पल 
विश्व कै सबैभन्दा ठूलो कम्पनी एप्पललाई तीनजना साथी मिलेर सन् १९७६ अप्रिलमा सुरु गरेका थिए। उनीहरुका नाम क्रमश स्टीव जब्स, स्टीव वोजनियाक र रोनाल्ड वेन हो। स्टीव जब्स र स्टीव वोजनियाक भने बाल्यकालदेखिका साथी हुन्। १९७६ मा वोजनियाकले मेकिनटोश एपल १ कम्प्युटरको आविष्कार गरे। जब यसलाई जब्सले देखे र उनले यो बेच्ने सुझाव दिए। त्यसपछि, दुईजना मिलेर एउटा ग्यारेजमा बसेर एपल कम्प्युटरको निर्माण गर्न थाले।

यहींबाट एप्पल कम्पनीको सुरुवात भयो। स्टीव जब्सले आफ्नो बाल्यकालको साथी वोजनियाकलाई धोका पनि दिएका छन्। जब जब्सले आर्किड भिडियो गेम ब्रेकआउटका लागि सर्किट बनाउने जिम्मेवारी दिएका थिए। उक्त मेसिनमा लाग्ने हरेक चिपका लागि उनलाई १ सय डलर मिल्नेवाला थियो तर उनले सो कोड बनाउन भने जानेका थिएनन्। यस्तो बेलामा वोजनियाकले यो जिम्मेवारी दिए। साथै उनलाई यो कामको ७ सय डलर पाउने थिए।

सो परियोजना सकिएको १० वर्षपछि वोजनियाकलाई थाहा भयो कि जब्सलाई सो कामको लागि ५ हजार डलर दिइएको थियो। यो कुरा खुलेपछि जब्स र वोजनियाक अलग भए र वोजनियाकले आफ्ना् लागि छुट्टै कम्पनी निर्माण गरे।

३.पाँच जना साथी मिलेर कलेजमा नै शुरु गरे फेसबुक
विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जालको रुपमा रहेको फेसबुकलाई मार्क जुकरवर्कले आफ्नो चारजना साथीहरुसँग मिलेर बनाएका थिए। फ्रेन्ड्स मोस्कोविट्ज, क्रिस ह्यूज, एडुआर्डो सेवेरिन र एन्ड्रेय मैक्कुलमका साथ मिलेर जुकरवर्कले बनाएका हुन्।

त्यो समयमा यस्को नाम ‘द फेसबुक’ राखिएको थियो। सन् २००४ फ्रेब्रुअरी ४ मा यसलाई हार्वर्ड विश्वविद्यालयका विद्यार्थीका लागि शुरुवात गरिएको थियो। जुकरवर्कले फेसबुकलाई अगाडी बढाउनका लागि हार्वर्ड विश्वविद्यालय छाडेर क्यालिफोर्नियाको अल्टोमा भाडाको घरमा बस्न थाले। यसै समयमा पेपलका को–फाउन्डर पिटर थिलले फेसबुकमा ३ सय ५५ करोड रुपैयाँ खर्च गरे। (दैनिक भाष्करकाे सहयाेगमा)

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App