शिशु चोरी गर्ने दुई महिला जेल चलान

आइतबार, १९ साउन २०७६, १८ : २८ नागरिक

इटहरी– उपचारकै क्रममा रहेको नवजात शिशु चोरी गर्ने सुनसरी धरानका दुई जना महिला जेल चलान भएका छन्।

नवराज शिशु चोरीको आरोपमा प्रहरीले धरान वडा नं. १५ की लिला विक र मिना लिम्बु विकलाईं पक्राउ गरि अपहरण तथा शरीर बन्धक मुद्धा दर्ता गरेको थियो। जिल्ला अदालत सुनसरीका आदेशमा पुर्पक्षका लागि दुवैलाईं जेल चलान गरिएको हो। आइतबार भएको थुनछेक बहसमा न्यायधीस धुब्रकुमार उप्रेतीको आदेशमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिइएको अदालतका प्रवक्ता गोपाल गिरीले जनाए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभागबाट असार २६ गते भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ की बबिता मेहताको छोरा वार्डबाटै लिला र मिनाले चोरी गरेका थिए। लगतै प्रहरीले मिनाको घरबाट नवजात शिशु फेला पारेको  थियो। बबिताले असार १३ गते छोरा जन्माएकी थिइन्।

नवजात शिशुको आमा राति बिउँझिदा बच्चा हराएपछि तत्काल प्रहरीलाईं खबर गरेपछि खोजतलास गर्दा भेटाउन सफल भएको थियो। मिना र लिलाले बिरामीको कुरुवा भएको नाटक गरेर नवजात शिशु चोरी गरेका थिए। लिलाको भारतमा विवाह भएको र केही समयदेखि माइती घरमै बस्दै आएकाले गर्दा भाउजु मिनासँग मिलेर नवजात शिशु चोरी गरेको खुलेको छ।







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad