युवा जनप्रतिनिधिमाझ बस्नेतले भनेः नेपालमा अब दुई राजनीतिक दलमात्र रहन्छन्

आइतबार, १९ साउन २०७६, १७ : ५५ नागरिक संवाददाता

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेता एवं सांसद महेश बस्नेतले नेपालमा अब दुई राजनीतिक दलमात्र बाँकी रहने जिकिर गरेका छन्। 

अमेरिकन युथ काउन्सिल २०१९÷२० को आयोजना तथा सिभिक इन्गेजमेन्ट अन्तर्गत प्रदेश नम्बर ३ का ४० बर्षमुनिका युवा जनप्रतिनिधिको सहभागितामा सम्पन्न अभिमुखिकरण तथा अन्तरक्रियामा बोल्दै बस्नेतले नेपालमा अब दुई दलमात्र रहने भएकाले कुनै एकमा मिसिन मधेसकेन्द्रीत दललाई आग्रह गरे।

उनले सामूहिक भावनाबाट मात्र समग्र देशको विकास हुने उल्लेख गर्दै युथ काउन्सिलजस्ता संस्थाले आम युवाको भावनाको प्रतिनिधित्व गरेकोमा प्रशंसा गरे। 

नेपाली कांगे्रसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्ययले युवा नेतृत्व विकासका लागि  नेपालमा राजनीतिक दलको भूमिका अहम रहेको बताइन्। युवाको भावना पन्छाएर देश समृद्ध नबन्ने भन्दै उपाध्यायले युवा लक्षित कार्यक्रममा बिशेष ध्यान दिन सरकारलाई आग्रह गरिन्। 

अमेरिकन दूतावासकी राजनीतिक बिभाग प्रमुख रोजी कट्टेलले युवाहरु देखासिकीमा लागेकोमा असन्तुष्टि जनाउँदै आफैसँग प्रतिस्पर्धा गर्दै, आफू र समाजको हितमा लाग्न आग्रह गरिन्।

राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य डा. सुमित्रा अमात्यले राज्यले नीति तथा कार्यक्रम बनाउँदा युवालाई बिशेष प्राथमिकतामा राख्नुपर्ने बताइन्।

लेखक निलम कार्की निहारीकाले नेपाली महिलाका निम्ति राष्ट्रिय मुलधारमा प्रशस्त अवसर रहेको बताइन्। आरक्षण र अवसर कुरेर बस्ने भन्दा पनि अवसर सृजना गरेर महिलाले आफूलाई अगाडि ल्याउनु पर्नेमा उनले जोड दिइन्। 

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले परिषदले ल्याएका युवा लक्षित कार्यक्रमका बारेमा जानकारी गराए। उनले राज्यले के गर्यो भन्दा पनि युवाले आफैं  खोज्नु पर्नेमा जोड दिए। 

करिब ४० प्रतिशत जनसंख्या युवा रहेको नेपालमा विकास प्रक्रियामा आम युवाको सहभागिता कसरी गर्न सकिन्छ? सुशासनका निम्ति युवाको भुमिका के हुन सक्छ? भन्ने विषयमा छलफल गर्न कार्यक्रम आयोजना गरिएको आयोजक समुन्द्र तिमल्सिनाले जानकारी दिए। 

कार्यक्रममा युवा उद्यमी मनिष झाले युवाहरु नेतृत्व गर्न तयार भएर उपभोग भन्दा उत्पादनमुखी हुनुपर्नेमा जोड दिए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad